पर्वतमा आज ६ जना कोरना संक्रमित थपिए


पर्वत, मंसिर ८ । जलजला गाउँपालिकामा र महाशिला गाउँपालिकामा गरी आज मात्रै पर्वतमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जलजला गाउँपालिकाको वडा नं. ६ का २७ वर्षिया एक महिला, २४ र ४२ वर्षिया दुई पुरुष गरी तीन जना तथा वडा नं. ९ बनौका ३६ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनिहरु सवै जना कन्ट्रयाक्ट ट्रेसिङवाट पहिचान भएका हुन् ।

यस्तै महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका ३४र३४ वर्षिय दुई पुरषमा कोरोना पुष्टि भएको हो । दुवै जना नेपाल प्रहरीको लुंखुदेउराली चौकीमा कार्यरत रहेको बताईएको छ । कन्ट्राक्ट ट्रेसिङमा परेका ४२ जनाको स्वाब संकलन गरिएकोमा दुई जना प्रहरीमा पोजेटिभ देखिएको र अन्यमा नगेटीभ आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उनिहरुको महाशिला गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा उपचार हुने बताईएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या दुई सय ८७ पुगेको छ ।

सम्बन्धित खवर