सुशान्त संहको परिवारमा अर्को तनाव, सुशान्तका बाबु अस्पताल भर्ना

एजेन्सी । बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका पिता अस्पताल भर्ना भएका छन् । छोरा सुशान्तको अल्पआयुमै मृत्यु भएर बिक्षिप्त बनेका उनको मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

सुशान्तकी बहिनी श्वेताले पिता केके सिंह बिरामी भएर अस्पताल भर्ना भएको जानकारी दिएकी हुन् । उनी फरिदाबादको एशियन अस्पतालमा भर्ना भएको र अहिले डाक्टरको निगारनीमा रहेको बताइएको छ ।

स्पतालमा सुशान्तका पिताको एक तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा उनको साथमा दुई छोरी प्रियंका र नीतु सिंह देखिएका छन् ।

तस्वीरबाट उनी स्वस्थ हुँदै गएको बुझ्न सकिन्छ । १४ जुनमा शुसान्त मुम्बई स्थित आप्नै घरमा मृत अबस्थमा फेला परेका थिए । यद्यपी उनको मृत्युको कारण खुल्न सकेको छैन् ।

सम्बन्धित खवर