पर्वतमा प्रधानमन्त्री ओलीको समर्थनमा नाराबाजी र मोटरसाईकल ¥याली


पर्वत, पुष ६ । पर्वतमा केपी ओली पक्षधर कार्यकर्ताले ओलीको समर्थनमा नाराबाजी र मोटरसाईकल ¥याली गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आइतबार चालेको कदमको समर्थनमा ओली पक्षीय कार्यकर्ता तथा युवासंघ पर्वतको नेतृत्वमा कुश्मा बजारमा नाराबाजी र मोटरसाईकल ¥याली गरेका हुन् । नाराबाजी र मोटरसाईकल ¥याली सहित कुश्माको शिवालय चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपाको सचिवालय सदस्य तथा युवा नेता शिव पौडेलले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई जेल हाल्ने चेतावनी दिनुभएको छ । प्रचण्ड र नेपाल अपराधी भएको बताउँदै यस्ता अपराधिहरुलाई कुनै हालतमा पनि छोड्न नहुने बताउनुभयो । केपी ओलीले चलाएको भ्रष्टाचारको अभियान कारण प्रचण्ड(नेपाल पक्षले सहन नसकेर राजीनामा मागेको दाबि गर्नुभयो । निर्वाचन मार्फत प्रधानमन्त्री ओलीकै नेतृत्वमा बहुमत आउने समेत उहाँले दाबी थियो । ओलीकै नेतृत्वमा बहुमत ल्याउने दाबि गर्दै उहाँले ‘सूर्य चिन्ह र जनताको बहुदलीय जनवादसहित अघि बढ्न सबैमा आग्रह गर्नुभयो । 
सोही सभामा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य बिमल लामिछानेले प्रधानमन्त्री ओलीमाथि गरिएको घेराबन्दी सह्य नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई पाँच बर्षे कार्यकाल पूरा गर्न दिएको जनमतको कदर गर्न नदिनेहरु माथि कडा चेतावनि दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीले चालेको कदम स्बागत योग्य रहेको भन्दै कम्युनिष्ट आन्दोलनको रक्षाको लागि केपि ओलीको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । प्रचण्ड(नेपाल पक्षमाथि आक्रामक बनेका लामिछानेले आउँदो निर्वाचनमा चुनाव जित्न प्रचण्ड(नेपाल पक्षलाई चुनौती समेत दिनुभएको थियो । आयोजित सभामा राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेल, अर्जुन पौडेल निर्जन लगायतले प्रधानमन्त्री ओलीको समर्थनको पक्षमा रहन सबैमा आग्रह गरेका थिए ।

सम्बन्धित खवर