नेकपा पर्वतको पार्टी कार्यालयमा दिप प्रज्वलन


१० पुस, पर्वत । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पार्टी कार्यालय कुश्मामा दिप प्रज्वलन गरिएको छ । केपी ओली समर्थक युवा विद्यार्थीहरुले ओलीको समर्थनमा दिप प्रज्वलन गरेका हुन् । नेकपा पर्वतको पार्टी कार्यालयमा सुयं अंकित चिन्ह भित्र उनीहरुले दिप प्रज्वलन गरेका थिए । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनको समर्थन गर्दै उनीहरुले दिप प्रज्वलन गरेको विद्याथी नेता मिलनबाबु पौडेलले जानकारी दिए । कार्यक्रममा नेकपाका जिल्ला नेता गोविन्द पहाडीले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमनको संज्ञा दिनु अनौठो रहेको बताए ।

उनले जनताले अभिमतको सम्मान गर्नुनै पूर्ण लोकतन्त्र रहेको भन्दै देश अव केहि समयमै निर्वाचनमा होमिने ठोकुवा गरे । उनले पार्टी भित्रको आन्तरीक कलहमा नलागेर टुटेर फुटेर गएका सवै शक्तिलाई एकताबद्ध हुन समेत आग्रह गरे । कार्यक्रममा नेकपाका नेता बिमल लामिछानेले संसदलाई बन्धक बनाएर अविश्वासको चलखेल शुरु भएका कारण प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने निर्णय लिन बाध्य हुनुपरेको धारणा राखे । उनले सवै लोकतन्त्र र गणतन्त्र पक्षका राजनैतिक दलहरुले ताजा जनादेश लिएर जनताको अभिमत जित्ने कार्यमा लाग्न अनुरोध गरे । कार्यक्रममा युवासंघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले युवाहरुको स्थिर सरकारको सपना साकार नहुने भएपछि प्रधानमन्त्रीले जनताको नासो जनतालाई नै सु्म्पेको धारणा राखेका थिए ।

सम्बन्धित खवर