पर्वत जिल्ला अस्पतालमा ५ जनाको नाक कान घाटीको सफल अप्रेशन


पर्वत, १९ पुष । जिल्ला अस्पताल पर्वतमा बिहिबार नाक कान घाटिको अप्रेशन तथा घाटिको क्यान्सर पहिचान कार्यक्रम सम्पन भएको छ । जिल्ला अस्पताल पर्वतको आयोजना तथा गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामै पहिलो पटक गरिएको निशुल्क परिक्षणमा ५ जनाको सफल अप्रेशन गरिएको र ६० जनाको चेकजाँच सम्पन्न भएको जिल्ला अस्पताल पर्वतका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले जानकारि दिनुभयो । सो अबसरमा बोल्दै गण्डकी मेडिकल कलेजका प्राचार्य रबिन्द्र प्रसाद आचार्यले अस्पताल सगको सहकार्यले आफुहरुलाई थप उर्जा मिलेको बताउनुभयो । उहाले जिल्ला अस्पताल सग भगिनी सम्बन्ध कायम गरि अन्य बिभिन्न रोगको उपचारमा सहयोग गर्दै आएको स्मरण गराउदै आउदो दिनमा पनि थप सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । नाक कान घाटीको अप्रेशनको लागि प्रा डाक्टर बृहस्पती सिग्देल, टु माया घले,रबिन्द्र प्रसाद श्रेष्ठ,राजेश महर्जन र गण्डकी मेडिकल कलेज पोखराका प्रशासकिय अधिकृत लक्ष्मण शर्मा लगायतको उपस्थिति रहेको अस्पताल प्रशासनका नायब सुब्बा कुल प्रसाद लामिछानेले बताउनुभयो ।

सम्बन्धित खवर