पर्वतको माहाशिला ३ बालाकोटको मुसरीडाँडामा पहिलो पटक प्याराग्लाइडिङको सफल उडान सम्पन्न


पर्वत, पुस २७ । पर्वतको महाशिला गाउँ पालिकामा साहसिक हवाइ खेलमा पर्ने प्याराग्लाइडिङ पहिलो पटक परिक्षण उडान सफल रुपमा सम्पन्न भएको छ । शनिबार महाशिला गाउँपालिका वडा नम्बर ३ बालाकोटको रमणीय पर्यटकिय क्षेत्र मुसुरबारि डाँडाबाट परिक्षण उडान सफल भएको हो । दिउँसो करिब साढे १ वजे गरिएको परिक्षण उडान ४५ मिनेटसम्म उडान भएको स्थानीय युवा लालप्रसाद गुरुङले बताउनुभयो । मुसुरबारि डाँडाबाट परिक्षण उडान गरिएको प्याराग्लाइडिङ भिरकोट नगरपालिका ५ स्थित सोरेक मैदानमा अवतरण गरिएको थियो । भिरकोट नगरपालिका वडा नम्बर ९ स्याङ्जाका वडा अध्यक्ष भिम गुरुङ र महाशिला गाउँपालिका वडा नम्बर ३ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङको पहलमा प्याराग्लाइडिङको उडान भएको थियो ।

परिक्षण उडानमा भिरकोट नगरपालिका वडा नम्वर ५ का वडा सदस्य प्याराग्लाइडिङ पाइलट नवीन थापा उड्नु भएको थियो । परिक्षण सफल उडानपछि स्थानीयहरु खुसि भएका थिए । स्थानीय युवा बिमल रिजालले यो क्षेत्र प्याराग्लाइडिङ उडानको लागि प्रचुर सम्भावना रहेको वताउनुभएको थियोे । रिजालका अनुसार प्याराग्लाइडिङ मात्र नभएर यस क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने अन्य बिभिन्न प्रचुर सम्भावनाहरु रहेका छन् ।


प्याराग्लाइडिङ परिक्षण उडानको सफल भए सगै वडा अध्यक्ष रोशन गुरुङले अव सरकारबाट अनुमति लिएर यसै क्षेत्रबाट प्याराग्लाइडिङ उडानको व्यावसाय अघि वढाउने योजना रहेको वताउनुभयो । उहाँले प्याराग्लाइडिङकै रुपमा बिकास गर्ने उदेश्यले सडक सुबिधा पु¥याईएको जानकारी दिनुभयो । प्याराग्लाईडिङ सँगै मुसुरिडाँडामा रहेको प्रसिद्ध सिद्धको थानको प्रबर्द्धन तथा प्रचारप्रसार गरि धार्मिक पर्यटक समेत भित्राउने योजना रहेको गुरुङले बताउनुभयो । यस अघि जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको डाँडाबाट पनि उडानको लागि सम्भाब्यताको खोजि गरिएको थियोे ।

सम्बन्धित खवर