बाल्यकालमा यस्ता थिए सलमान खान, हेर्नुहोस यि अपत्यारिला तस्विरहरु

एजेन्सी-फिल्म बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका चर्चित नायक हुन् सलमान खान । उनले फिल्म बी हो तो ऐसी’बाटनै फिल्मि क्ष्नेत्रमा पाइला टेकेका हुन् । उनको फिल्म बी हो तो ऐसी’सन् १९८९ मा रिलिज भएको थियो । तर फिल्मले राम्रो व्यापार गर्ने सकेन् पहिलो फिल्मनै फ्लप भएका कारण उनि निकै चिन्तित भएका थिए ।

उनिसंग रेखाले पनि अभिनय गरेकी थिइन । हरेक फिल्ममा सलमान फरक फरक अबतारमा देखा परेका हुन्छन् । उनले पहिलो फिल्मबाट नै धेरै फ्यान कमाएका हुन् । तर सलमानले पचास कटदा पनि विाह गरेका छैनन् । फ्यानहरुलाई उनको विहेको चासोको बिषय बनेको छ ।

सलमानले बेलाबेलामा आफ्ना तस्विर भिडियो हरु शेयर गरेर चर्चामा आउने गर्दछन् । उनि प्रेमका कारण पनि चर्चामा आउने गर्दछन् । हालै मात्र रिलिज भएको फिल्म भारतले बक्स अफिसमा रेर्कड राख्न सफल भएको छ । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर र ट्यालेन्ट रहेका थिए । हेर्नुहोस बाल्यकालका तस्विर

यो पनि पढ्नुहोस्

उच्च पहाडी र हिमाली जिल्लामा भारी हिमपातको सम्भावना, भोलीबाट वर्षाको सम्भाबना

काठमाण्डौ – आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

काठमाण्डौसहित आसपासका जिल्लामा लागेको कुहिरो भने हट्दै गएर घाम लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम आंशिकदेखि सामान्य बद्ली मात्रै हुने छ ।

यो पनि पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा
कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्नुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्नुहुन्छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्नुहुन्छ । पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा आउनुभएका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० किलोमिटर ओहरदोहर गरिरहनुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्यायले बोल्न चाहनुभएन । उपाध्यायले इन्धनमा नगरपालिकाको मासिक खर्च रु दुई लाखसम्म हुन्छ भन्नुभयो । “आवास छ, सम्झौता भएकोजस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ”, उपाध्यायले भन्नुभयो, “घरायसी समस्याले ओहरदोहर गर्नुभएको हो ।”

यसरी ओहरदोहर गर्दा सेवासमेत प्रभावित भएको स्थानीयवासीको भनाइ छ । “यसरी प्रभावकारी सेवा दिनुहुन्छ जस्तो लाग्दैन”, स्थानीयवासी ललित जैशीले भन्नुभयो, “स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई खाने, बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने प्रावधान छ जस्तो लाग्छ । त्यति लामो दूरी टाढा बस्नु भनेको इन्धनदेखि लिएर अन्य खर्च हुन्छ, उहाँले भुक्तानी कसरी बुझ्नुहुन्छ हामीले थाहा पाउने कुरा भएन ।”

जैशीले स्थानीय तह प्रभावकारीरूपमा चलेको जस्तो नलागेको बताउनुभयो । “यसरी लामो दूरी यात्रा गरेर कसरी प्रभावकारी सेवा दिन सक्नुहुन्छ ?”, जैशीले प्रश्न गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाडीले आवास तयार हुँदै गरेको बताउनुभयोे । सेवा प्रभावितका बारेमा बिनाडीले आफू समयमै उपस्थित हुने गरेको जिकिर गर्नुभयो । “म कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, ५ नबजी निस्केको पनि छैन”, बिनाडीले भन्नुभयो, “मैले एक दिन पनि बिदा लिएको छैन । दैनिक ओहरदोहरमा लाग्ने इन्धन, त्यो त हेर्नुपर्छ मलाई थाहा हुँदैन ।”

उता नगरप्रमुख महादेव बजगाईँले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताउनुभयो । “होइन आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ”, नगरप्रमुख बजगाईँले भन्नुभयो, “उहाँको श्रीमती बिरामी भएर हो, अब बस्नुहुन्छ ।”

प्रमुख प्रशासकीय अधिकृत बिनाडी यसअघि लम्की–चुहा नगरपालिकामा आएर इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा (एमाले)ले विरोध गरेको थियो । राजनीतिक संयन्त्रले विरोध गरेपछि उहाँ अन्यत्र सरुवा भएर जानुभएको हो । पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ । स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन् ।

सम्बन्धित खवर