प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन, पर्वतको अध्यक्षमा भक्तm कुबँर


पर्वत, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।
पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।
यसैबिच प्रचण्ड माधब पक्षको केन्द्रीय सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्वतको अध्यक्षमा भक्तm कुबँरलाई चयन गरेको छ । भने सचिबमा सुदिप कुबँर चयन भएका छन् ।

सम्बन्धित खवर