पर्वतको बालाकोटमा क्या। गुप्तबहादुरको पहलमा एम्बुलेन्स सेवा उपलब्ध,


पर्वत, फाल्गुन १० । पर्वतको महाशिला ३ बालाकोटमा स्थानीय समाजसेबि क्याप्टेन गुप्तबहादुर गुरुङको पहलमा एम्बुलेन्स सेवा सुचारू भएको छ । लामो समय देखि स्वास्थ उपचारको लागि सवारि साधनको अभाब हुदा सास्ती खेप्न बाध्य भएका स्थानीय अब भने सहज उपचार सेवा पाउने भएका छन् । स्थानीयबासि तथा पुर्व भारतिय सैनिक क्याप्टेन गुप्त बहादुर गुरुङको पहलमा एम्बुलेन्स सेवा उपलब्ध भएको छ । भारतीय दुतावासको सहयोग प्राप्त एम्बुलेन्स एक कार्यक्रमका बिच वडा कार्यलयलाई हस्तान्तरण समेत भएको स्थानीय बिमल रिजालले जानकारि दिनुभयो । सो एम्बुलेन्स नेपाल सरकारबाट राजश्व छुट प्राप्त गरि ल्याईएको हो । ग्रामीण क्षेत्रका नागरिकहरुलाई स्वास्थ क्षेत्रमा पहुँच बढाउन एम्बुलेन्सले ठुलो भुमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष राजु पौडेलको बिश्वास रहेको छ । उहाँले वडामा एम्बुलेन्स भित्राउन सहयोग पुर्याउने गुरुङलाई विशेष धन्यवाद दिनुभयो । यश अघि लखुदेउरालिमा रहेको प्रथािमक स्वास्थ चौकिमा एक वटा एम्बुलेन्स सञ्चालनमा रहेको थियो । एम्बुलेन्स भित्र्याउन पहल गर्ने गुप्त बहादुर गुरुङले गाउँका कुना काप्चामा रहि रोगब्याधि अथवा आकस्मिक दुर्घटना लगायत तत्काल उपचार पाउन नसकेको अबस्था लाई मध्ये नजर गरि दुतावास मार्फत एम्बुलेन्स ल्याउन पहल गरेको बताउनुभयो । उहाँले एम्बुलेन्स निरन्तरता र आबश्यक मर्मतका लागि वडार पालिकाबाट सहयोग आबश्यक रहेको बतउनुभयो । महाशिला ३ का वडा अध्यक्ष कर्ण प्रताब गुरुङले वडा कार्यलयलाई एम्बुलेन्सको सहि सदुपयोग गरि नागरिकको उपचारमा प्रयोग गरिने बताउनुभयो ।

सम्बन्धित खवर