लोकप्रिय निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको पल शाहको दिलैमाको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो

काठमाडौँ । ह्याण्डसम हिरो पल शाह र यज्ञशु श्रेष्ठको अभिनय रहेको नयाँ गीत दिलैमाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । प्रविन बेडुवालको स्वर, अमृत खड्काको शब्द तथा लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत शृजनामा सजिएको दिलैमा रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । प्रेममा परेका दुई युवायुवतीको रमाइलो प्रेम गाथालाई जस्ताको त्यस्तै देखाइएको भिडियोको निदेृशन पछिल्लो समयका चर्चित र ब्यस्त निर्देशक प्रकाश धितालले गरेका छन् । कृष्ण डांगी खड्काको निर्माणमा तयार भएको भिडियोको कोरियोग्राफी केशवराज भट्टको रहेको छ । उत्सब दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । द डिभाइन म्यूजिकबाट बजारमा आएको गीतको भिडियो यो समाचार तयार पार्दासम्म ट्रेण्डिगंको ४२ औँ नम्बरमा रहेको छ ।

सम्बन्धित खवर