बलेवा युवा क्लबद्धारा चैत १ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको आयोजना


पर्वत, फाल्गुन १९÷ बलेवा युवा क्लबको आयोजनामा गण्डकी प्रदेश स्तरीय खुल्ला ७ ए साइड फुटबल प्रतियोगिता –२०७७ हुने भएको छ । ‘ स्बास्थका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ यही चैत १ गतेदेखि ४ गतेसम्म नारायणस्थान खुलामञ्च गार्लुङमा प्रतियोगिता आयोजना हुन लागेको संयोजक दिपक खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ६६ हजार ६ सय ६६ मेडल र प्रमाण पत्र र द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ सहित मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका सह–सचिब ओमकार सुबदीले बताउनुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, र स्टाइकरलाई पुरस्कृत समेत गरिने उहाँले बताउनुभयो । टिम दर्ताको लागि ५ हजार रुपैयाँ तोकिएको छ भने दर्ताको अन्तिम मिति फाल्गुन २८ गते सम्म रहेको छ ।

खेलाडीहरुले अनिबार्य रुपमा नागरीकता तथा परिचय खुल्ने प्रमाण र फोटो पेश गर्नुपर्ने, प्रत्येक टिममा १० जना खेलाडी र २ जना अफिसियल समाबेश हुनुपर्ने, फिफाको नियम अनुसार खेल सञ्चालन हुने, खेलाडीले आफ्नै जर्सि लगाउनुपर्ने, दर्ता गरिसकेपछि खेलाडी परिर्वतन गर्न नपाईने, समयमा उपस्थित नभए स्बत अर्का टिमलाई बिजय घोषणा गरीने र आयोजकको निर्णय अन्तिम हुने खेल अबधि भरका नियम रहेका छन् । सम्पर्कको लागि संयोजक दिपक खत्रि ९८५७६६६३००, सहसचिब ओमकार सुबेदी ९८६०४४९२४० त्यसैगरी बिशाल श्रेष्ठ ९८४५६२७२७६ र महेन्द्र जिसि ९८६७६४४५५७ मा सम्पर्क गरी टिम दर्ता गर्न सकिनने छ ।

सम्बन्धित खवर