जलजलामा एकैदिन ४८ युवा काँग्रेसमा प्रवेश,जोशी र मल्लले गरे एकसाथ स्बागत

पर्वत, फागुन २३–पाँच बर्ष स्थायी सरकार बनाएर विकास र समृद्धिको चर्का नारा घन्काएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आपसी विवादको नाममा मुलुक बन्धक बनाउदा गाउँगाउँबाट नेकपा छाडेर नेपाली काँग्रेसप्रतिको आकर्षण बढेको छ । सत्ता र स्वार्थले मुलुक र जनतालाई अन्यौलमा पार्दै जनतालाई भ्रम मात्रै छरेको भन्दै पर्वतको जलजला–६ का एउटै गाउँका ४८ युवाले शनिबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
मुलुकमा विकास र समृद्धिका लागि एकमात्र पार्टी नेपाली काँग्रेस भएको भन्दै नेकपा छाडेका ती युवाहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०, जिल्ला कार्य समिति सदस्य रामबहादुर प्रसाई९जिवन०लगायतले नेपाली काँग्रेसको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका हुन ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसमा प्रवेश गर्ने सबैले कहिल्यै अपमान ब्यहोर्नुनपर्ने बताए । उनले नेपाली काँग्रेसप्रति देशभर प्रवेशको लहर चलेको दाबी गरे । उनले नेकपाले मुलुकमा विकास र समृद्धि दिन सक्दैन भन्ने कुरा पुष्टि भएको भन्दै अहिले प्रत्यक्षमा २३ सिट जितेको काँग्रेसलाई सरकार चलाइदिनप¥यो भन्दै नेकपाका नेता केपी ओली र प्रचण्डले हारगुहार गर्न थालेको टिप्पणी गरे । ‘हिजो शेरबहादुर प्रधानमन्त्री हुँदा उनी नै काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन भनेर भन्ने नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवासमक्ष पुगेर सरकारको नेतृत्व गरिदिनुप¥यो भनिरहेका छन’ जोशीले भने–‘यसले पनि के पुष्टि गर्छन भने कम्युनिष्टहरु मुलुकलाई विकास र समृद्धि दिनैसक्दैनन् ।’ चुनावका बेला रेल, पानीजहाज र घरघरमा ग्यासका पाइपको भ्रम छर्नेहरु अहिले जनताबाट बिस्तारै तिरस्कृत हुँदै जान थालेको भन्दै जोशीले क्षणिक लाभका लागि जनतालाई नेकपाले झुक्याएको दाबी गरे । उनले टोक्ने अरिंगाल होइन समाजमा मौरीजस्तो बनेर समाज परिवर्तन गर्न युवालाई आग्रह गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०को सहयोगमा जलजला–६ स्थित सहेलेमा हातेमालो युवा क्लबले निर्माण गरेको खेलमैदानको नेता जोशीले उद्घाटन गरेका थिए । युवाहरु पिछडिएको भनेर घरभित्र नबस्न आग्रह गर्दै जोशीले दलित युवाहरु विकास निर्माण र समाजको परिवर्तनमा अग्रसर भएकोमा खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल९रामकृष्ण०ले आफुले जनताको आशा र अपेक्षालाई पुरा गर्न निरन्तर अग्रसर भएपनि संघ र प्रदेश सरकार नेकपाको बन्दा जलजला गाउँपालिकामा बजेटमा उपेक्षा गरेको जानकारी दिए । ‘नेपाली काँग्रेसले जितेका पालिकामा नेकपाको संघ र प्रदेश सरकारले बजेट कटौती गरेको छ, कम पठाएको छ’ उनले भने–‘त्यसैले पनि जनताका सबै समस्यालाई पुरा गर्न नसकिएको हो ।’ उनले स्रोत साधनका अभावका बाबजुद पनि जलजला गाउँपालिकाले रचनात्मक र दिर्घकालिन महत्वका कामलाई अगाडी बढाएको बताए । नेपाली काँग्रेसले जनताको समस्यालाई सधै समाधान गर्न अग्रसर भएकैले अहिले नेकपा सरकारले देश र जनताप्रति बदमासी गरिरहदा नेपाली काँग्रेसमा प्रवेशको लहर तिब्र भएको धारणा राखे ।
हातेमालो युवा क्लबका अध्यक्ष रामजी बोहराको अध्यक्षतामा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य रामबहादुर प्रसाई ९जिवन०, नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, पूर्वमहाधिवेशन प्रतिनिधि गोबिन्द पौडेल, जलजला–४ का वडा अध्यक्ष भिष्म मल्ल, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, जलजला–६ नेपाली काँग्रेसका सभापति बलबहादुर पुनलगायतले बोलेका थिए । कार्यक्रममा स्वागत क्लबका सचिव जगत बोहोरा र सञ्चालन उपाध्यक्ष गणेश नेपालीले गरेका थिए ।

सम्बन्धित खवर