दोस्रो मगर महोत्सब ः शनिबार प्रमोद खरेलसंगै झुमे दर्शक ( फोटो फिचर) सहित
पर्वत, फाल्गुन २३ । दोस्रो मगर महोत्सबमा शनिबार दर्शकको ठुलो भिड लाग्यो । पर्वतमा यही फाल्गुन १५ गते देखि शुरु भएको महोत्सबमा शनिबार सोचे भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजक पुन युबा कल्बले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार दर्शकको चाप थामि नसक्नु भएको महोत्सब मुल आयोजक समितिका संयोजक कृष्ण पुनले जानकारी दिए । महोत्सबको अन्तिम अन्तिम तर्फ आईरहँदा दर्शकको उपस्थिति झनै बढ्दै गएको उहाँले जानकारी गराए । महोत्सब अबलोकन गर्ने दर्शकको उपस्थिति बढ्दा ब्यापार ब्यवसाय पनि बढ्दै गएको उनको भनाई छ ।
महोत्सबमा शनिबार लोकप्रिय गायक प्रमोद खरेलको बिषेश प्रस्तुती रहेको थियो । खरेलले आफ्नो प्रस्तुतीको माध्यमबाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । लामो समयसम्म मेला महोत्सवजस्ता मनोरञ्जनात्मक गतिविधिबाट बञ्चित कुस्मावासी प्रमोदसँगै झुमेर नाचेका थिए । महोत्सवमा खरेलले ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरामा’, ‘झुमा झुम्कावाली’, ‘यो कुरा गोप्य’ लगायतका करिब दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यती मात्र नभएर खरेलले बिचमा स्टेजबाटै आफ्नो नृत्य मार्फत दर्शकलाई झुमाएका थिए ।