एमाले नेता गोबिन्द पहाडीको नेतृत्वमा नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा एमालेको बोर्ड टाँगियो


पर्वत, फाल्गुन २५ । सर्वोच्च अदालतको निर्णय कार्यान्बयन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको पर्वत सदरमुकाम स्थित पार्टी कार्यलयमा नेकपा एमालेको आधिकारीक बोर्ड टाँगिएको छ । साबिकमा नेकपा एमालेकै पार्टी कार्यलय रहेको भवनमा नेकपा एमाले र माओबादी केन्द्र गाभिएपछि नेकपाको कार्यलय रहेको थियो । सोमबार बाट कार्यलय खुल्ला गरिएको भएपनि मंगलबार मात्रै एमालेका युवा नेता गोबिन्द पहाडीको नेतृत्वमा बोर्ड टाँगिएको हो । पहाडीका अनुसार अब नियमित कामहरु कार्यलय बाटै शुचारु हुनेछन् । नेकपा दुई समुह बीचको बिवादसंगै कार्यलय बिगत दुई महिना यता देखि बन्द रहेको थियो ।

सम्बन्धित खवर