माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेका छन् । अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।

सम्बन्धित खवर