नेपाली सहयोगी हातद्धारा खुर्कोटका माधवलाई सामग्री सहयोग

पर्वत,९ बैशाख मेरुदण्ड पक्षघात भई बिगत ६ वर्षदेखि बिस्तारामा परेका पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका ३७ वर्षिय माधव गिरीलाई बिभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हातले चलाएको अभियानबाट संकलन भएका बिभिन्न सामग्रीहरु गिरीको घरमै पुगेर हस्तान्त्रण गरिएको अभियानका सदस्य आशिष शर्माले जानकारी दिए ।

२०७२ सालको चैतमा घर नजिकै रहेको बारीमा मकै लगाउन खेत जोत्ने क्रममा गोरुले हानेपछि माधवको मेरुदण्डमा गम्भीर चोड लागेको थियो । जसको नतिजा उनलाई मेरुदण्ड पक्षघात नै भयो । अहिले उनी विस्तारामा सुतिरहन्छन, कोल्टो फर्किन समेत कठिन हुने उनलाई उठ्न त झनै मुस्किलको कुरा हो । गिरीको यही अवस्थाको बारेमा बुझेपछि पर्वत अस्पतालको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी र नेपाली सहयोगी हातका अध्यक्ष निखिलेस पुरीको पहलमा माधवको शरीरलाई सजिलो पार्ने सामग्रीहरु जुटाउने अभियान थालिएको थियो । अभियानका क्रममा एक थान फोल्डिङ प्यासेन्ट बेड, क्याथेटर, यूरीनरी ब्याग, सिरिन्ज, सर्जिकल ग्लोभ्स लगायतका सामग्रीहरु हस्तान्त्रण गरिएको हो । संस्थाले ‘हातका मैला सुनका थैला के गर्नु धनले, दुई दिनको जीवन मरेर लानु के छ र साथी रु समाजसेवा गरौँ न निस्वार्थी मनले’ भन्ने नाराको साथमा सहयोग गरेको हो ।

सोही अवसरमा पर्वत अस्पतालको तर्फबाट १० थान क्याथेटर, ५ थान युरीनरी ब्याग, एक प्याकेट सिरिन्ज, एक प्याकेट ग्लोभ्स र एक थान कम्बल हस्तान्त्रण गरिएको छ । यस्तै टिकटक मिलीजुली परिवारका संरक्षक रारा सैँजुले फोल्डिङ बेड खरीदका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
सामग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै अभियान्ता पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले दुखीरहेको घाउमा मल्हम लगाउनको लागि सहयोग गरेका सहयोगदाताहरुप्रति आभार व्यक्त गर्दै आउँदा दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । माधवको अवस्थाका बारेमा सबै पर्वतबासी जानकार रहेकोले हरेकले जति सकिन्छ उति सहयोग गरेमा माधव सहित यस्तै अवस्थामा गुज्रिरहेका जिल्लाका अन्य पिडितहरुलाई पनि सहयोग गर्न सकिने उनको भनाई छ ।

‘एउटा मान्छेको आँसु अर्को मान्छेले पुछिदिनु कति आनन्दको कुरा छ । रोईरहेका हरेक मनलाई अर्को मनले हँसाईदिन सक्छ त्यो पनि सानो सहयोगबाट । हामी सबैले जति सकिन्छ उति सहयोग गरौँ ।’ उनले भने, ‘यसरी उठेको सहयोगबाट माधव र माधव जस्तै जिल्लाका अन्य पिडित तथ समस्यामा परेकाहरुलाई सहयोग गर्न सकिन्छ । सहयोग जस्तो ठुलो धर्म अर्को छैन् ।’ सामग्री हस्तान्त्रण कार्यक्रममा समाजसेवीहरु शेषराज रेग्मी र महेश्वर शर्माको पनि सहभागिता रहेको थियो ।
माधवको परिवारमा पाँच जना सदस्य छन् । आफू घाइते हुनु अगाडि दैनिकी काम गरेर उनले नै परिवार चलाउँदै आएकोमा उनी नै बिस्तारामा परेपछि अहिले घर चलाउन नै समस्या भएको छ । यसका लागि पटक पटक जिल्ला सहित जिल्ला बाहिरका र अन्तराष्ट्रिय संस्था तथा दाताहरुले सक्दो सहयोग गर्दै आएका छन् । तर आम्दानीको स्रोत नभएपछि सहयोग त कतिन्जेल पो खप्न सक्थ्यो र रु यही कारण नेपाली सहयोगी हातले माधवलाई सघाउन इच्छुकहरुलाई सधैँभरी पर्खिरहेको बताएको छ ।
‘उहाँहरुको घरको अवस्था दयनीय रहेको छ की त्यो कारुणिक अवस्था कसरी नियाल्नु रु हामीको सबैको सहयोगले नै त्यो परिवारलाई आत्मबल दिन सकिन्छ ।’ सहयोगी हातका अध्यक्ष पुरी भन्छन्, ‘यदी सहयोगको लागि कोही पनि इच्छुक भएमा ९८६२११८१०३ वा ९८०५१००३८८ मा फोन गर्न सक्नुहुन्छ ।’

सम्बन्धित खवर