पर्वतमा लकडाउन उल्लंघन गर्ने ५८ सवारी साधन नियन्त्रणमा

पर्वत, बैशाख १९ । पर्वत सदरमुकाम कुश्मा बजारमा स्थानिय प्रशासनले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने ५८ सवारी साधन नियन्त्रणमा परेका छन् । लकडाउनको समयमा अनाबश्यक रुपमा बाहिर निस्किएर प्रहरीलाई अवरोध पु¥याउने सवारी साधनलाई नियन्त्रणमा राखि होल्ड गरीएको जिल्ला प्रहरी ट्राफिक कार्यालय पर्वतले जनाएको छ । लकडाउनको पहिलो दिन आईतबार लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ५७ वटा दुई पाङ्ग्रे र १ वटा ठूला सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

‘लकडाउन कार्यान्वयनमा अवरोध पु¥याएकाले सवारी साधन नियन्त्रणमा लिएका छौ’ उहाँले भन्नुभयो, खड्काका अनुसार उनीहरुलाई बेलुका ५ बजेपछि मात्र सचेत गराएर छाडिने छ ।आज पहिलो दिन भएकाले ती सवारी नियन्त्रणमा लिइएका सवारी साधनलाई सम्झाई बुझाई छाडिने ट्राफिक प्रहरी सहायक निरिक्षक रेशम थापाले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै पर्वत सदरमुकाम कुश्मा बजारको ४, ५, ६ र ७ नम्बर वडा आईतबारदेखि स्थानिय प्रशासनले लकडाउन घोषणा गरेको छ । लकडाउन अबधिभर अत्यावश्यक सेवाका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

सम्बन्धित खवर