पर्वत कोलेनिकाको लापवाहिका कारण अस्पतालका चिकित्सकले खान पाएनन् तलब


पर्वत,जेठ ३ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले पर्वत अस्पताल व्यवस्थापन समितिको बैंक खाता सञ्चालनमा अन्यौलता पैदा गरेको ब्यवस्थापन समितिले आरोप लगाएको छ । हालसम्म अस्पतालको आफनै पद्धति र समितिको निर्णय अनुसार सञ्चालन हुँदै आईरहेको खातामा कार्यलयले बिभिन्न बहानाबाजी लगाउँदै अन्यौलता सृजना गरेको आरोप छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्षको मध्य अवधिमा आएर टि.एस.ए. पद्धतिमा लैजानुपर्ने भन्दै बैंक खाता सञ्चालनमा अबरोध गरेको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।
महामारीको समयमा कोरोना संक्रमितहरुको उपचार र व्यवस्थापनमा खटिरहेका स्बास्थकर्मी तथा समिति मातहत रहेका कर्मचारीहरुको तलव भुक्तानी हुन नसक्दा अस्पतालका कामहरु प्रभावित भएको पहाडीको भनाई रहेको छ । समितिको आर्थिक प्रणाली परिवर्तन गर्दा समितिलाई जानकारी गराई सो संवन्धमा छलफल र परामर्श गर्दा यसको स्वामित्व समितिले लिने र परिवर्तन गरिने पद्धतिका वारेमा समेत अभिमुखीकरण भईने भएपनि यस तर्फ कुनै पहलकदमी नगरी एकोहोरो तरिकाले लेखा पद्धति परिवर्तन गर्न खोजिनु तथा समितिको नियुक्ती गर्ने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसंग परामर्श समेत गर्न नपाउंदै खाता पद्धति परिवर्तन गर्न खोजीनु आपत्तिजनक भएको पहाडीले बताउनुभयो । पहाडीले अन्यत्र जिल्लाहरुमा पनि समितिहरुको खाता सञ्चालन सम्वन्धमा यस प्रकारको विधि पालना हालसम्म नगरिएको पाईएकोले यो थप अन्योलको विषय बन्न पुगेको बताउनुभयो ।
सामान्य अवस्थामा चलिआएकै विधि र पद्धति अुनसार सञ्चालनमा रहेको बैंक खाता कोरोना संक्रमणको कहालीलाग्दो अवस्थामा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको तलव रोकिने गरि तथा कोरोना संक्रमण व्यवस्थापनका लागि गर्नुपर्ने खर्चको भुक्तानी रोकिने गरि आर्थिक वर्षको अन्तिमतिर आएर कोष तथा लेखा नियन्त्रक कार्यालयले चालेको कदम पर्वत अस्पतालका कर्मचारीहरुलाई निरुत्साहित गर्ने कारण बनेको समितिको भनाई रहेको छ । नेपाल सरकारका नियम, कानून र निर्देशनहरु पालना गर्नु सवैको दायित्व रहेको र त्यसमा पर्वत अस्पताल समिति पनि संधै तयार भएको तर यसलाई केवल कानूनी सवाल र यान्त्रिक रुपमा लिनु अस्वाभाविक भएको पहाडीले बताउनुभयो ।

सम्बन्धित खवर