कोभिड रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग गर्न जलजला गाउँपालिकाको आग्रह

पर्वत,जेठ ३ । जलजला गाउँपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेको छ । जलजलाले आईतवार विज्ञप्ति निकालेर जारी निर्देशनहरु र मापदण्डहरु पूर्ण पालना गदै कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोगका लागि सवै पक्षसँग अपेक्षा राखिएको जनाएको हो । ‘विपद्को यस घडीमा जलजला गाँपाकिा वादीको रक्षा गर्नु हाम्रो दायित्व हो । यस्तो परिस्थिती समाजका सवै पक्षबाट सहयोग र समन्वयको खाँचो छ, यो विषम परिस्थितिमा सबैसँग हातेमालो गदै जाने कुरामा हामी प्रतिवद्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकामा संक्रमणको दर निकै बढेको छ । गाउँपालिकाको तथ्याङक अनुसार २२८ जनामा संक्रमण पुष्टि भैसकेकोमा ५ जनाको मृत्यु भएको छ । जसमा १५६ जना सक्रिय संक्रमित छन् । गाउँपालिकाले महामारी नियन्त्रणमा सहयोग, उद्दार, बिरामी ओसार पसार, स्वास्थ्य समाग्री साथै नगद समेत स्वइच्छाले सहयोग गर्न भनिएको छ । सहयोग गर्न चाहाने व्यक्ति, संघ संस्थाले गाउँपालिकाको निर्णय बमोजिम एकद्धार प्रणलि मार्फत गाउँपालिकामा सम्पर्क गरी सहयोग गर्नुहुन आग्रह गरेको छ । गाउँपालिकावासीमा कुनै समस्या परेमा गाउँपालिकाद्धारा संचालित तपसिल बमोजिमको आपतकालिन सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

जलजला गाउँपालिकालाई सहयोग गर्नु परेमा वा कुनै समस्या परेमा यि नम्वरमा सम्पर्क गर्नुहोस् ।


जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले नागरिकहरुलाई ढुक्क भएर घर भित्र बस्न आग्रह गर्नु भएको छ । अध्यक्ष मल्लले आफु पालिकावासीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको भन्दै कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले आवश्यक कार्य गरिरहेकोले ढुक्क भएर घरभित्र बस्न पालिकाबासीमा आग्रह गर्नु भयो । ‘देश यतिखेर कोरोना महामारीको दोश्रो लहरबाट आक्रान्त छ । यही महामारीको चपेटामा हाम्रो जलजला गाउँपालिका पनि प्रताडित भएको कुरा सबैमा जगजाहेरै छ । महामारीको जोखिमबाट नागरिकको जीवनरक्षाको लागि स्थानीय सरकारको तर्फबाट हामीले गरेको अथक पहल र प्रयासको वावजुद पनि दिनकादिन हामीले हाम्रा प्रियजनहरू गुमाउनुपरेको पीडा हाम्रो सामु छ । साथै सयौं दाजुभाई तथा दिदीबहिनीहरु कोभिडको चपेटामा परि जीवन रक्षाको लागि याचना गरिरहनुभएको छ । यो विशेष परिस्थितिमा पनि उच्च मनोबलका साथ महामारीको सामना गर्ने र यसको क्षति गर्ने अभियानमा जलजला गाउँपालिका सहित विभिन्न संघ संस्था, राजनीतिक दल, नागरिक समाजको तर्फबाट भएको सहयोगका लागि म हृदयदेखि नै धन्यवाद र आभार प्रकट गर्दछु,’ उहाँले भन्नुभएको छ ।

अध्यक्ष मल्लले संक्रमित ब्यक्तिहरु कोभिडको संवेदनशिल स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण बिरामी होम आइसोलेसनमा बसिदिनुहुन र जटिल बिरामीहरुले पालिकालाई खबर गरिदिन आग्रह गर्नूभयो । जलजला गाउँपालिकामा कोभिडको बिरामी बढ्न थालेकोप्रति चिन्ता व्यक्त गदै अध्यक्ष मल्लले गाउँपालिकावासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई १०÷१२ दिन आफ्नो घरबाट बाहिर ननिस्कन आग्रह गदै स्वास्थ्य मापदण्ड पालना गरि घरमै बसिदिनुहुन अनुरोध गर्नुभयो । साथै उहाँले यो संवेदनशील घडीमा आफ्नो सो इच्छाले सहयोग गर्न देश तथा विदेशमा रहनुहुने महानुभावहरुलाई अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।

सम्बन्धित खवर