पर्वत अस्पतालमा बिभिन्न पदमा २० जना स्बास्थकर्मी करारमा भर्ना खुल्यो


पर्वत,जेठ ३ । जिल्ला अस्पताल पर्वतले कोभिड ब्यवस्थापनको लागि बिभिन्न पदमा २० जना स्बास्थकर्मी करारमा भर्ना लिन लागेको छ । गण्डकी प्रदेश सरकारको स्विकृत अस्थायी दरबन्दी अनुसार कोरना रोकथाम तथा नियन्त्रणको लागि अस्पतालले सात दिनभित्र आबेदन दिन मिल्ने गरी करारमा भर्ना खोलेको जिल्ला अस्पताल पर्वतमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ढुण्डीराज पौडेलले जानकारी दिनुभयो । अस्पतालले आईतबार सार्वजनिक गरेको सुचनामा स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी सेवा करारमा लिने सम्बन्धि सूचना स्टाफ नर्स (पाँचौं) ७ जना, हेल्थ असिस्टेन्ट (पाँचौं) ५ जना, मेडिकल रेकर्डर (पाँचौं) १ जना, एनेस्थेसिया सहायक (पाँचौं) १ जना, बायोमेडिकल टेक्निसियन (पाँचौं) १ जना र कार्यालय सहयोगी (श्रेणी विहिन) ५ जना रहेका छन् ।

सम्बन्धित खवर