सांसद गिरीको पहलमा अक्सिजन सिलिन्डर, कन्सन्टेटर सहित स्वास्थ्य सामाग्री पर्वत भित्रिए


पर्वत, जेठ ४ । पर्वत जिल्लाका प्रतिनिधिसभा सदस्य माननीय सांसद पदम गिरीको पहलकदमीबाट कोरोना महामारीमा अक्सिजन सिलिन्डर,कन्सन्टेटर सहित स्वास्थ्य सामाग्री पर्वत भित्रिएका छन् । गिरीको पहलमा आधुनिक बेड–२० थान, अक्सिजन सहितको सिलिन्डर ८ वटा, अक्सिजन कन्सन्टेटर ३ थान, वेड डन्लब २० थान, अक्सिमिटर, पिपिई सेट, ग्लोप, मास्क, चश्मा, फेस सिल, ग्राउन लगायतका स्बास्थ सामाग्री पर्वतमा भित्रिएका हुन । जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि गिरीको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका सिलिन्डर पठाइएको उहाँले जानकारी दिनुभयो । संसाद गिरीले जिल्ला स्थित सबै स्थानिय तहलाई कोरोना नियन्त्रण, रोकथाम र व्यबस्थापलाई लक्षित गरेर बिभिन्न रणनीतिक योजना बनाउन ध्यानाकर्षण समेत गराएको जानकारी दिनुभयो ।
जिल्ला अस्पतालमा गिरीको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकले निकै खुशी हुनुका साथै कोरोना सङ्क्रमितलाई सहज हुने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।” संसाद गिरीले पैयुँ गाउपालिका, विहादी गाउँपालिका र महाशिला गाउँपालिकामा पनि केहि समयमा नै स्वास्थ्य सामाग्रीहरु उपलब्ध हुने जानाकारी गराउनुभयो । जिल्ला भित्रिएका स्बास्थ सामाग्री आजनै हस्तान्त्रण गरीने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खवर