कांग्रेसका नेता थापाले भने प्रधानमन्त्री र राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हाले


काठमाडौं, जेठ ८ नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन्।

‘नेतागण१ नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं,ु शनिबार बिहान सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद१ विघटन, पुनर्स्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ ९३० को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ ९५० को आह्वान, अनुकूल नभएपछि फेरि विघटन१ कस्तो सेटिङ१ प्रक्रिया त देखाउनमात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए१’

सम्बन्धित खवर