अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको चौथो एपिसोडमा यि ६ प्रतियोगीले मारे बाजी

काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको चौथो एपिसोडको नतिजा बाहिरिएको छ । जसमा ८ जना प्रतिस्पर्धीहरुमध्ये ललितपुरका महेश खनाल, झापाका मनिष आचार्य, लुम्बिनीका निश्चल अर्याल, दार्जलिगंका अनिल राई, काठमाडौँका सुलव भट्राई, सुनसरीका निटराज खतिवडा उत्कृष्ट ६ मा छानिन सफल भएका छन् । त्यस्तै दाङका प्रकाश पाण्डे, सुनसरीका प्रविन खड्का भने आउट भएका छन् । निर्देशक राईका अनुसार प्रतियोगिताबाट हरेक साता २ जना प्रतिस्पर्धीलाई बिदा गर्दै निर्खार्दै लैजाने योजना रहेको छ ।

निर्देशक राईका अनुसार चौथो चरणको अडिसनमा ३५ मिनेट लामो प्रस्तुतीमा ललितपुरका महेश खनाल यो सातको उत्कृष्ट प्रस्तुती दिएका छन् । उनले १० हजार रुपैयाँ जित्न सफल भएका छन् । रिदिम स्क्रिनका निर्देशक राईका अनुसार उत्कृष्ट ६ जनामा पर्न सफल भएका प्रतिस्पर्धीहरुले सिक्किम, कालिम्पोगं र दार्जलिगं घुम्ने अवसर पाएका छन् । उनीहरुले दिलिप गुरुङ अर्थात सिक्किमे हमजाएगासँग १ हप्ताको टुर गर्ने अवसर पाउनेछन् ।

जुलाईमा फाइनल हुने यस प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट) , अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन् । यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्ने जनाएको छ । निर्देशक राईका अनुसार सामाजिक सञ्जालमा रमाइलो जोक्सका भिडियो सेयर गर्ने सर्मथकहरुमध्ये २ जनालाई हरेक हप्ता नगद रु ५ – ५ हजारका दरले पुरस्कृत गरिएको छ ।

त्यस्तै बेस्ट पर्मपरलाई रु १० हजार र आर्कषक उपहार उपलब्ध गराइनेछ भने प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइने निर्देशक राईले जानकारी दिए । कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए ।

सम्बन्धित खवर