चर्चित संगीतकार सिएल शर्माको नयाँ गीत ‘माया लाइसक्यो’ को सर्वत्र चर्चा, हेर्नुहोस् भिडियो

काठमाडौं । गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’ मा प्रतिमालाई प्रविण वेडवालले साथ दिएका छन् ।

सप्तक म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेखेका हुन भने संगीत सिएल शर्माको छ । वीरेन्द्र धामीले निर्देशन गरेको गीत भिडियो पनि उनैले खिचेका हुन्। गीतमा कुशल सिंहको कोरियोग्राफी छ ।

य७३घढसवाप७३घढसस्ताको माया प्रेमको विषय समेटिएको छ । गीत केही अघि नै तयार भएपनि कोरोना महामारीका कारण भिडियो छायांकन रोकिँदा सार्वजनि गर्न ढिलाइ भएको गायिका प्रतिमाले बताइन् ।

‘पहिलो प्रयास भएपनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुँदा यसबाट निकै उत्साही र आशावादी पनि छु प्रतिमाले भनिन् । उनले दर्शक–स्रोतासँग साथ र रहयोगको अपेक्षा पनि गरिन्।

सम्बन्धित खवर