अन्तराष्ट्रिय पर्वत समाजद्धारा १२ लाख बराबरको स्वास्थ्य सामग्री वितरण


पर्वत, जेठ २१ । पर्वतका सात वटा स्थानीय तहलाई प्रवासीहरुले झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजले स्थानीय तहलाई झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । समाजले गाउँगाउँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि जिल्लावासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री सहयोग गरेको हो । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि अग्रपङतिmमा खटिएका स्थानीय तहलाई शुक्रबार जिल्ला प्रशासन कार्यलय पर्वतमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित फलेवास र कुश्मा नगरपालिका सँगै जलजला, मोदी, महाशिला, बिहादी र पैयुँ गाउँपालिकालाई एघार लाख ९७ हजार ५६० रुपैयाँ बरावरको स्वास्थ्य सामग्री वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्मा ‘गुँरास’ ले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले ग्लोब्स (परिक्षण), सर्जिकल ग्लोब्स, हेण्ड सेनिटाईजर, डिजिटल थर्ममिटर, वि.पि सेट, सर्जिकल मास्क, फेस शिल, प्लस अक्सोमिटर, बेड टिसु, नसल क्यानुला अक्सिजन मास्क र स्टेचर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
उक्त सामग्री जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री सहित र अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, कानुनी सल्लाहकार केशवराज पुरी र पर्वत समाज यूएईका अध्यक्ष सरोज जिसी लगायतले पालिका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्र्दै प्रमुख जिल्ला अधिकारी खत्रीले संकटको बेला सहयोग गरेकोमा अन्तराष्ट्रिय पर्वत समाज परिवारलाई धन्यबाद दिनुभयो । कोभिड महामारीलाई जित्नका लागि सबै सतर्क हुनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने भन्दै उनले डिसिसिएमसीको निर्णय र स्वास्थ्य मन्त्रालयको निर्देशन अनिवार्य पालना गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘राकृष्ण’, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल लगायतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्ला संकटमा रहेको बेला अन्तराष्ट्रिय पर्वत समाजले सहयोग गर्ने बताउनु भयो । उहाँले गत बर्ष कोरोना नियन्त्रण र रोकथामा सहयोग गरेको भन्दै स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग आग्रह गर्नुभयो । उहाँले उहाँले स्वास्थ्य सामग्री वितरणमा सहयोग पु¥याउने समाजका प्रमुख संरक्षक, सल्लाहकार, पदाधिकारी, नेपाल प्रतिनिधी, जनप्रतिनिधी एवम् पत्रकारहरुलाई विशेष आभार एवम् धन्यवाद व्यक्त गर्नूभएको छ । पर्वत जिल्ला घर भई हाल नेपाल र विदेशमा बसोवास गदै आएका पर्वतवासी नेपालीहरुले जिल्लामा सामुदायिक, स्वास्थ्य, शिक्षा र परोपकारी कार्यक्रममा सहयोग गर्ने गरी ‘‘सम्बृद्ध पर्वत निर्माणको लागि साुमहिक अभियान’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको गठन भएको हो । समाजले पहिलो चरणमा पालिकाहरुलाई स्वास्थ्य वितरण गरेको र दोस्रो चरणमा ११ वटा अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त मेशिन चीन देखि पर्वत पु¥याउन सम्माननिय राष्ट्रिय सभा अध्यक्षगणेश तिमिल्सीनाले समन्वय गरिरहनु भएको छ ।

सम्बन्धित खवर