नगर प्रमुख जोशीको पहलमा कुश्मामा भित्रियो २५ लाख मूल्यको स्वास्थ्य सामग्री


पर्वत, जेठ २२। कुश्मा नगरपालिकाका लागि ठूलो परिमाणमा स्वास्थ्य सामाग्री प्राप्त भएको छ । नगरप्रमुख रामचन्द्र जोशीको पहलमा कुश्मा नगरपालिका ९ कटुवाचौपारी घर भई हाल काठमाण्डौँमा बस्ने राजेन्द्र क्षेत्रीले बोधी सत्वा बिहार काठमाण्डौँ मार्फत ति सामाग्री पठाउनुभएको हो । संस्थाले पठाएका ति सामाग्री कुश्मा नगरपालिकामा आईपुगेका छन् । अक्सिजन कन्सलटेटर, पीपीई, अक्सिजन मास्क, सर्जिकल मास्क, गोलब्स, अक्सिमिटर, हेण्ड वास, औषधीहरु लगायतका सामाग्री प्राप्त भएका छन् । २५ लाख बराबरका सामान प्राप्त भएका हुन् । बोधी सत्वा बिहारले नेपाल लकडाउन रिलिफ कार्यक्रम मार्फत कुश्मा नगरपालिकालाई कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक ति सामाग्री उपलब्ध गराएको हो ।१३ वटा अक्सिजन कन्सलटेटर मात्रै प्राप्त भएका छन् । अन्य सामाग्रीहरु एक हजार थान देखि ५ सय थान सम्म प्राप्त भएको नगरप्रमुख जोशीले बताउनुभयो ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्राप्त भएका सामाग्रीहरु नगरपालिका भित्रका अस्पतालहरुमा आवश्यकता र मागका आधारमा स्वास्थ्य शाखाले उपलब्ध गराउने नगरप्रमुख जोशीले बताउनुभयो । कुश्मा नगरपालिकालाई अहिले सम्ममै सबैभन्दा बढि सामाग्री बोधी सत्वा बिहारले उपलब्ध गराएको कुश्मा नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि सहयोग गर्ने संस्थालाई नगरपालिकाले धन्यबाद दिएको छ । अक्सिजन कन्सलटेटर, पीपीई, अक्सिजन मास्क, गोलब्स अति आवश्यक सामाग्रीहरु प्राप्त भएकाले सहज भएको कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले बताउनुभयो ।

 

सम्बन्धित खवर