पैयँुको कोरना अस्पताललाई स्बास्थ सामग्री, पालिका अध्यक्ष तिवारीले गरे राष्ट्रिय युवा संघ पर्वतको प्रसंशा


पर्वत, जेठ २४ । पैयँु गाउँपालिकाको कोरना आईसोलेशन अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । अस्पताललाई जिल्ला युवा समिति ,नेपाल बाल संगठन जिल्ला कार्यसमिती पर्वत र राष्ट्रिय युवा संघ पर्वतको सहकार्यमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरीएको हो । जिल्लाभित्र रहेका संक्रमित नागरिकको स्वास्थ्य अवस्था र जोखिमको बारेमा बुझन् युवा समितिले थालेको अभियान अन्र्तगत आईतबार पैयँु गाउँपालिकाको कोरना आईसोलेशन अस्पतालमा कार्यरत स्बास्थकर्मी तथा अस्पतालमा उपचारर्थ कोभिड बिरामीहरुलाई स्बास्थ सामाग्री सहयोग गरीएको हो ।
समुदायमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री सहयोग गरिएको जिल्ला युवा समिति तथा राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेललले बताउनुभयो । पालिकाभित्र रहेको समुदाय र स्वास्थ्य संस्थामा भएको आवश्यकतालाई पूरा गर्ने गरि केहि स्वास्थ्य सामग्री सहयोग गरेको उहाँको भनाई छ
गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी ,प्रमुख प्रशासकिय अधिकृत केशव लामिछाने तथा स्बास्र्थकर्मीको उपस्थितिमा ७ सय पिस मास्क, १० लिटर सेनिटाइजर लगायतका स्बास्थ सामग्री हस्तान्त्रण गरीएको थियो । स्बास्थ सामाग्री ग्रहण पश्चात बोल्दै पालिका अध्यक्ष तिवारीले सहयोगी मनहरुमा कृतज्ञता ब्यक्तm गर्दै राष्ट्रिय युवा संघ पर्वतको खुलेर प्रसंशा गर्नुभएको थियो । तिवारीले स्वास्थ संवेदनशील क्षेत्र भएकाले यसमा ध्यान दिनु युवापुस्ताको उल्लेखनिय कार्य रहेको बताउनुभयो । उहाँले युवासंघले गत बर्षको कोरना महामारीमा पनि पालिकामा रहेका संक्रमितको स्बास्थ अबस्थामा चासो राख्दै बिभिन्न स्बास्थ सामाग्री सहयोग गरेको स्मरण गराउँदै अहिलेको दोस्रो भेरिएन्टमा पनि पालिकामा रहेका संक्रमितको स्बास्थ अबस्थामा चासो राखि सामाग्री हस्तान्त्रण गर्नु सुखद पक्ष रहेको बताउनुभयो । जिल्लाभर रहेका संक्रमितको अबस्था बुझी र उनिहरुलाई जस्तो सुकै परिस्थितीमा पनि स्बास्थ सामाग्री अथवा संक्रमितको शव ब्यवस्थापनमा राष्ट्रिय युवा संघ पर्वतले देखाएको भुमिका अतुलनिय रहेको उहाँको भनाई रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले पालिकामा पछिल्लो समय केहि कोरना संक्रमितको सख्याँ बढ्दै जान थालेकोले सबैलाई सुरक्षित रहन र त्यस्तो केहि समस्या आएमा तत्काल पालिकामा खबर गर्न तथा नजिकैको स्बास्थ संस्थामा जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले गाउँपालिकामा संक्रमण रोक्नको लागि बिभिन्न पहल कदमी जारी राखिएको र सबै मिलेर यसलाई निराकरण गर्न सकिने धारणा समेत राख्नुभएको थियो ।
जिल्लामा कोरना संक्रमितको सख्या बढेसँगै जिल्ला युवा समिति तथा राष्ट्रिय युवा संघ पर्वतले संक्रमितको स्बास्थ अबस्था बुझ्न तथा आबश्यक स्बास्थ सामाग्री लिई घरघर पुग्न थालेको छ । सो अबसरमा नेपाल बाल संगठनका जिल्ला अध्यक्ष अर्जुन निर्जन पौडेल, राष्ट्रिय युवा संघ बिहादी गाउँपालिकाको संयोजक भोजराज भुषाल, पैयँु गाउँपालिकाका राष्ट्रिय युवा संघको संयोजक प्रदिप भुषाल, पैयँुका सचिब बिनोद थापा, फलेबास नगर कमिटीका सचिब सुमन लम्साल र अनेरास्ववियुका नेता मिलन पौडेल लगायतको टोलीले बिहादी र पैयँुका संक्रमितको घरघरमा पुगेर नागरिकको स्वास्थ्य अबस्थाको बारेमा समेत जानकारी लिएका थिए । कोरोना सम्बन्धी अनावश्यक हल्लाको पछाडी नलाग्न र त्रसित नहुन आग्रह गर्दै सम्ंयमित भएर सतर्कता अपनाउनु पर्नेमा जिल्ला युवा समिति र युवा संघ पर्वतले सबैलाई अपिल समेत गरेको छ ।

सम्बन्धित खवर