राष्ट्रिय युवा संघ जलजलाले सञ्चालन गरेको ’फुड बैंक’ प्रभावकारी बन्दै

अति बिपन्न सय भन्दा बढी परिवारले पाए खाद्यान्न तथा स्वास्थ्य सामाग्री


पर्वत, जेठ २५ । जलजला गाउँपालिकाको वारिबेनीस्थित पुरानोबसपार्कको आडमा एउटा सटर । सटरभित्र टेबुल र टेबुलसंगसंगै टासिँ । टासिँमाथि चामल, दाल लगायतका खाद्यान्नका पोका । टेबुल र भित्तामा टाँसिएको ब्यानरमा लेखिएको छ,‘ निशुल्क एम्बुलेन्स सेवा र दिन दुखिको लागि भोजन । झट्ट हेर्दा कतिपयलाई यो के होला भन्ने लाग्न सक्छ । तर यो हो राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटीले सन्चालन गरेको ‘निशुल्क एम्बुलेन्स सेवा’ र ‘फुड बैंक’ । लकडाउनका कारण मर्कामा परेका र दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई लक्षित गरी फुड बैंक सन्चालन गरिएको राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटीका अध्यक्ष दिलिप बरुवालले बताउनुभयो । ‘जहाँ अप्ठायारो परिस्थिती, त्यहाँ युवासंघको उपस्थिती यही स्लोगनसहित २३ जना स्बयमसेवकको साथमा फुड बैंक सञ्चालन गरेका छौं,’ अध्यक्ष बरुवालले भन्नुभयो, ‘जेठ ३ गतेबाट फुड बैंक सुरु गरेका हौं, सबैको सहयोग पाइरहेका छौं ।’


कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका आर्थिक अवस्था दयनीय भएका रोगले भन्दा भोकले ज्यान गुमाउने स्थिती भएको कारण युवा संघले यस्तो अभियान थालेको अभियान्ता बिकास गिरीले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र २ लाख ५० हजार बराबर को खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण भईसकेको छ । गिरीले दिएको जानकारी अनुसार अहिले सम्म पालिकाको १ देखि ७ नम्बर वडाका अति बिपन्न एक सय भन्दा बढी परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरीसकिएको छ । गिरीले बाकिँ रहेका ८ र ९ नम्बर वडामा भने खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम जारी रहेको बताउनुभयो । प्रतिपरिवारले एक पटकमा एक पोका तेल, एक बोरा चामल, र १ पोका नुन निःशुल्क पाएका छन् ।


सुरुमा आफ्नै खर्चमा खाद्यान्न खरिद गरी बाढिएको र केहि समयपछि भने सहयोगी हातहरु आउन थालेको गिरीले बताउनुभयो । हालसम्म २ लाख ९७ हजार भन्दा बढी रकम सहयोग प्राप्त भएको छ । यति मात्र नभएर राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटीले दुई वटा एम्बुलेन्स भाडामा लिई निशुल्क रुपमा बिरामीहरुको उद्धारमा समेत जुटिरहेको छ । अभियान्ता बाबुराम कार्कीले अहिले सम्म ८० जना भन्दा बढी बिरामीहरुलाई निशुल्क रुपमा अस्पताल सम्म लगिएको र ३० जना बढीलाई निको भईसकेपछि घर पुर्याउने काम समेत गरीएको बताउनुभयो । कार्कीले कुनै बिरामीहरुले औषधि सेवन गर्न नपाएमा फोन गर्न साथ अत्याबश्यक औषधि घरघरमै पुर्याउने गरीएको बताउनुभयो । यस अभियानमा महेन्द्र रेग्मी, भिमसेन बराइली, कृष्ण पौडेल, दिनेश कार्की लगायत २३ जना स्वयसेवक खटिनु भएको छ ।


यसैबिच राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटीले सञ्चालन गरेको अभियानको मंगलबार राष्ट्रिय युवा संघ नेपाल पर्वत जिल्लाका ईन्चार्ज थमनारायण पौडेलले अनुगमन समेत गर्नुभएको छ । उहाँले जलजला गाउँ कमिटिले थालेको अभियानमा सबैले साथ र सहयोग गर्न आबश्यक रहेको र यो अभियान धौलागिरीकै नमुना बनेको दाबि समेत गर्नुभयो । यो अभियानका कारण जलजला भित्रका कुनैपनि बिपन्न परिवार भोकै बस्न र बिरामी भएर मर्न बाध्य हुने स्थिती सृजना नहुने ठोकुवा गर्नुभयो । सो अबसरमा जिल्ला ईन्चार्ज थमनारायण पौडेल, सचिवालय सदस्य अर्जून निर्जन पौडेल र धुब्र श्रेष्ठले हजार थान मास्क र १५ लिटर सेनिटाईजर लगायतका स्बास्थ सामाग्री राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटीलाई हस्तान्त्रण गर्नुभएको थियो ।

 

सम्बन्धित खवर