काँग्रेसका युवा नेता सुवेदीको पहलमा बाग्लुङका ग्रामीण क्षेत्रका ५ स्वास्थ्य संस्थामा स्बास्थ सामाग्री हस्तान्त्रण

स्बास्थ सामाग्री जिल्लाका ४६ वटा स्वास्थ्य संस्थामा पु¥याउने लक्ष्य

पर्वत, जेठ २७ । बाग्लुङ जिल्लाको ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामाग्री सहयोग गरिएको छ । नेपाली काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीको पहलमा विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरिएको हो । नारायणस्थान स्बास्थ चौकी, पैयुँपाटा स्बास्थ चौकी, अमलाचौर स्बास्थ चौकी, कुश्मीसेरा प्रथामिक स्बास्थ केन्द्र र अमलाचौर सेवा केन्द्रगरी ५ वटा स्बास्थ संस्थामा स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ । उक्तm स्बास्थ सामाग्री मध्ये अक्सिजन कन्सन्टेटर नेपाल चिकित्सक संघले उपलब्ध गराएको हो भने अन्य सबै सामाग्री नेपाली काग्रेसका युवा नेता डिल्लीराम सुबेदीको पहल तथा ब्यतिmगत सहयोगमा उपलब्ध गराईएको हो । समुदायमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको युवा नेता डिल्लीराम सुबेदीले बताउनुभयो । ग्रामीण भेगका समुदाय र स्वास्थ्य संस्थामा भएको आवश्यकतालाई पूरा गर्ने गरि स्वास्थ्य सामग्री सहयोग गरेको उहाँको भनाई रहेको छ ।

उहाँले ५ स्वास्थ्य संस्थालाई उपलब्ध गराएको सामग्रीबाट सेवा क्षेत्रमा रहेका सम्पुर्ण आम नागरिक प्रत्यक्ष रुपमा लाभाम्वित हुने बताउनुभयो । उहाँले कोभिड महामारी विरुद्धको अभियानमा हातेमालो गर्न विभिन्न सहयोगी हातहरुसंग सहकार्य गरिएको र यो अभियानमा करिब ३० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री जिल्लाका ४६ वटा स्वास्थ्य संस्थामा पुर्याउने गरी अभियानमा आफुँ लागेको जानकारी गराउनुभयो । सुबेदीले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने अहिलेको आबश्यकता रहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा आवश्यक सामग्री सहयोग गरेकोले अब सेवामा गुणस्तर बढाउन स्वास्थ्य संस्थालाई निर्देशन समेत दिनुभयो । उहाँले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्नुभयो ।

तरुण दल बाग्लुङ जिल्ला अध्यक्ष उमाकान्त शर्मा (बाबु), पुर्व स्वास्थ्य मन्त्रालयका सल्लाहकार प्रताप पौडेल, तरुण दल बाग्लुङका उपाध्यक्ष गोपाल पौडेल, नेविसंघ बाग्लुङ नेता बालकृष्ण शर्मा लगायतले स्बास्थ सामाग्री स्बास्थ संस्थालाई हस्तान्त्रण गर्नुभएको तरुण दल नारायणस्थानका सचिब ओमकार सुबेदीले जानकारी दिनुभयो । प्राप्त स्बास्थ समाग्री नारायणस्थान, पैयुपाटा, अमलाचौर, कुश्मिसेरा स्बास्थ संस्थामा ६ वटा अक्सिजन कन्सन्टेटर, ५० वटा अक्सिमिटर, डिजिटल थर्मोमिटर, थर्मल गन, पिपिइ सेट, मास्क, सेनिटाइजर, र स्वास्थ्यसंस्थाको माग अनुसार औषधी हस्तान्तरण गरिएको थियो । नारायणस्थानको स्बास्थ प्रमुख यदुनाथ शर्मा पौडेलले आवश्यक सामग्री पाउँदा स्वास्थ्य संस्थामा अभाव टरेको बताउनुभयो । स्वास्थ्य संस्थामा नै अभाव रहेका सामग्री सहयोग प्राप्त हुँदा खुसी भएको भन्दै स्वास्थ्यकर्मीले यसको उपयोगिता बुझनु पर्ने बताउनुभयो । उहाँले सामग्रीको प्रयोग र सदुपयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो । सो अबसरमा बाग्लुङ बलेवा ईलाका प्रहरी कार्यलयलाई समेत केहि थान मास्क, सेनिटाईजर र अक्सिमिटर समेत हस्तान्त्रण गरीएको थियो ।

सम्बन्धित खवर