अन्तराष्ट्रिय पर्बत समाजको पहलमा पर्बतमा उपकरण सहितको स्वास्थ्य सामग्री भित्रियो


पर्वत, जेठ २८ । बैदेशिक रोजगारीका शिलशिलामा प्रवासी जीवन बिताईरहेका अन्तराष्ट्रिय पर्बत समाजमा आबद्ध पर्बतेलीहरूले पर्बतमा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि ११ लाख बराबरको १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
समाजले बैदेशिक रोजगारीमा रहेका पर्बतेलीहरू सङ्गको सहकार्यमा उक्त सामग्री ब्यबस्थापन गर्न सहज भएको महासचिव गुणराज शर्मा पौडेलले जानकारी दिनुभयो । पर्बत समाजले सहयोग सङ्कलनका लागि हितकाजी गुरूङको सङ्योजकत्वमा आर्थिक सङ्कलन समिति संयोजन गरेको थियो । सोही समितिको सक्रियतामा रकम रङ्कन गरी सहयोग गर्न सफल भएको महासचिव शर्माले बताउनुभयो ।
उक्तm सामाग्री शुक्रबार अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदीद्धारा पर्वतका प्रमुख जिल्ला अधिकारी तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी समक्ष हस्तान्तरण गरीएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्लामा कोभिड महामारीको संकट सामना गर्न देशव्यापि रुपमा अभाव भएको अक्सिजन सहज होस भन्ने उदेश्यले पर्बतबाट बैदेशिक रोजगारीमा आएका ब्यक्तिहरूले आफ्नो पसिनाको मुल्य जम्मा गरेर स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी गराउनुभयो र गिरीले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने अहिलेको आबश्यकता रहेको बताउनुभयो । उहाँले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधि मुना भुसालले जन्मभुमिबाट टाढा रहेपनि हरेक अप्ठ्यारो परिस्थीतीमा पिडाहरुमा मलम लगाउने काम गरेकोको संस्थालाई धन्यवाद दिनुभयो । उहाँले जिल्लामा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको बताउनुभयो ।
पर्बतबाट बैदेशिक रोजगारीमा आएका ब्यक्तिहरूले आफ्नो पसिनाको मुल्य जम्मा गरेर महामारीमा जिल्लामा सहयोग गरिएको संरक्षक हितकाजी गुरूङ्ले बताउनुभयो । उक्त सहयोग सङ्कलनका लागि गुरूङ् लगायत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको संयोजकत्वमा कुल आचार्य, सुबाश जोशी ( सन्तोष), पुरन गिरि र गुण राज शर्मा (पौडेल) सदस्य रहेको बैठकले पर्वत जिल्लाका सात पालिकामा स्वास्थ्य सामग्री सहयोग गर्ने निर्णय गरेको थियो ।
बैठकले आर्थिक संकलन समिति संरक्षक सुबाश जोशी (सन्तोष) को सयोजकत्वमा झलक केसी बेल्जियम, परशुराम पौडेल युएई, दिपिका भुषाल ईजरायल, ईश्वर जोशी–जापान, गोविन्द पौडेल अमेरिका, बाबुराम शर्मा अमेरिका र अन्तराष्ट्रिय पर्बत समाजका सदस्य तथा सस्थाका अध्यक्षहरु रहने समिति गठन गरिएको थियो । चीनमा अक्सिजन कन्सनट्रेटर मेसिन खरिदका अन्तर्राष्ट्रिय पर्बत समाजका संरक्षक महेश श्रेष्ठ समन्वय गर्नुभएको थियो भने चीन देखि पर्वत सम्म पुर्याउनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो ।

 

 

सम्बन्धित खवर