नरोत्तम वैद्यको अभिव्यक्ति प्रति युवासंघ पर्वतको ध्यानाकर्षण


पर्वत, जेठ २९ ः राष्ट्रिय युवासंघ नेपाल पर्वतले वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ । आज युवासंघका अध्यक्ष थमनारायण पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएको जनाईएको छ ।
’वाग्मती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई युवासंघ पर्वतले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’सुखी नेपाली समृद्ध नेपाल निमार्ण अभियानका साथ देश बिकासमा अनबरत रुपमा लागि राख्नुभएका देशको कार्यकारी प्रमुख माथिको हिंस्सात्मक अभिब्यक्तmीले कुनै राजनितिक दुर्घटना हुन सक्ने भन्दै प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्न माग गरेको छ । युवासंघ पर्वतले प्रधानमन्त्री ओलीको जस्तोसुकै परिस्थितीको सामाना गर्नको लागि सम्पुर्ण युवा शक्तिm एकताबद्ध रहेको समेत बताएको छ ।
वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से झै आफू बन्न तयार रहेको बताएका थिए । कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ ।

सम्बन्धित खवर