कुनै समय एकछत्र राज गरेको राजेश र करिश्माको जोडीबिच अहिले किन बोलचाल बन्द भयो ?

कुनै समय एकछत्र राज गरेको राजेश र करिश्माको जोडीबिच अहिले किन बोलचाल बन्द भयो ? के यि दुई रिसाएकै हुन् ? बल्ल खुल्यो रहस्यको पोको

काठमाडौं – एक समय राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर चलचित्र उद्योगको हिट कलाकार थिए । कयौं फिल्ममा सँगै काम गरेका यी तीन कलाकारको व्यक्तिगत सम्बन्ध पनि राम्रो थियो । काममा व्यस्त भएपनि फुर्सद मिलाएर उनीहरु भेट्ने, गफ गर्ने गर्दथे ।

अहिले भने यी तीन एकसाथ नभेटेको धेरै भएको छ । जसको गुनासो अभिनेता सरोज खनालले सामाजिक संजाल मार्फत गरेका छन् । राजेश, करिस्मासँगको एक पुरानो फोटो सामाजिक संजालमा पोष्ट गर्दै खनालले भेट नभएको विषयमा गुनासो पोखेका हुन् ।

‘कुनै बेला हामी तीन महानायक राजेश हमालजी, महानायिका करिश्मा मानन्धरजी र म चलचित्रको छायाँंकनमा व्यस्तताको बावजुद बेलाबखत समय निकालेर भेटघाट गथ्र्याैं, भलाकुसारी गथ्र्यौं । तर आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जाओस् बोलचालसम्म हुँदैन,’ उनले सामाजिक संजालमा लेखेका छन् ‘अरु जस्तै फेसबुकमा शेयर गरेको तस्बिर लाइक कमेन्टमै सिमित छौ हामी पनि ।

यस्तो किन हुन्छ ?’ भनेर समेत उनले प्रश्न गरेका छन् । सरोजको यो पोष्टमा करिश्माले कमेन्ट गर्दै ‘सही कुरा’ भनेकी छन् । राजेश हमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । Source : Ratopati

सम्बन्धित खवर