एमाले बैठक : माधव नेपालसहित २२ सांसदलाई कारबाहीबारे भएन निर्णय, भोलि पुन बैठक बस्ने


५ श्रावण ,काठमाडौं । मंगलबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदहरुलाई कारवाहीबारे कुनै निर्णय भएको छैन । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई यसअघि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधे पनि पार्टीबाट निष्कासन गर्ने कि नगर्ने विषयमा कुनै छलफल नभएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए नेता ज्ञवालीका अनुसार स्पष्टीकरण सोधेको २४ घण्टा पूरा भइनसकेकोले आज त्यसबारे कुनै निर्णय भएन । समयअवधि पुगेपछि त्यसबारे निर्णय गरिने उनले बताए ।

उता, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण पत्र नै नपाएको बताइरहेका छन् । साथै, पत्र नै नपाई ं२४ घण्टे स्पष्टीकरण सोधिएको भन्नु हास्यसपद भएको उनीहरुको भनाइ छ । केन्द्रीय कमिटीको बैठक भोलि बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।

सम्बन्धित खवर