एमालेमा अब दुई ‘साइबर सेना’ ,प्रभु साहद्वारा ‘आई टीआर्मी’को घोषणा


५ श्रावण काठमाडौं । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका प्रभु साहको नेतृत्वमा आई।टी। आर्मीको घोषणा गरिएको छ । मंगलबार घोषणा पत्र जारी गर्दै सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्धता जनाउनका लागि महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै साहको नेतृत्वमा आई।टी। आर्मी घोषणा गरिएको हो । सरकारले सूचना प्रविधिमार्फत् जनतामा भ्रमको खेती गर्न सक्ने र त्यो भ्रम चिर्नका लागि आई।टी। आर्मी निर्माण गरिएको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

घोषणा पत्रमा भनिएको छ,‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौँ । तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहनेगरी आई।टी। आर्मीको स्थापना गरिएको छ।’

 

सम्बन्धित खवर