‘सरकारको अनुभूति दिलाउने काम गरेका छौ’

पर्वत, साउन ३० । विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन् । यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी. रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कूल जनसंख्या १३ हजार ४ सय ३ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलेर बनेको हो । यस गाउँपालिकाको केन्द्र विहादी गाउँपालिका वडा नं. ४ स्थित वहाकीठाँटीमा रहेको छ । यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ्ग देवि मन्दिर आदि रहेका छन् । यसै सन्दर्भमा गाउँपालिकाका प्रमुख कमल भुषालसंग ताजा न्युज २४ ले गरेको कुराकानी । 

– स्थानीय तह गठन भएको चार वर्षको अबधिमा गाउपालिकामा कस्ता सुधार गर्नुभयो, सम्झन योग्य काम के के छन् ?
संङ्घीयताको कार्यान्वयनसंगै हामी स्थानिय तहको निर्वाचाबाट निर्वाचित भएर आयौँ । नयाँ संरचना त्यसमाथी हामीले शुन्यकै अबस्थाबाट काम थालनी ग¥यौ । निर्वाचित भएर आएपछि अहिले सम्म हामीहरुले शिक्षा, स्बास्थ कृषि र पुर्वाधारलाईनै पहिलो सर्त बनाएर काम अगाडी बढाईरहेका छौँ । हामीले स्थानीय तहको निर्वाचनको लागि भोट माग्दै जाने क्रममा धेरै गाउँ टोलमा पुग्न बाटो खोज्दै हिड्नुपर्ने अबस्था थियो । अहिले गाउँपालिकाका सबै वडामा पुग्ने गरी ७ मिटरको ग्राभेल बाटो निमार्ण गरेका छौ । गाउँपालिकाको आफ्नै भवन निमार्ण गरीसकेका छौ भने वडा कार्यलय भवन, स्बास्थचौकी भवन सबै वडामा निमार्ण भएको छ । हाम्रो पालिकामा रहेका सबै सामुदायिक बिद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छौ । जनशक्तिm नभएका बिद्यालयमा जनशक्तिm थप गरी शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेका छौ । उच्च शिक्षा हासिल गर्नको लागि गाउँपालिकाबाट बाहिर जान नपर्ने बातावरणको लागि हामी निरन्तर लागिपरेका छौ । प्राबिधिक बिद्यालय सञ्चालन गर्नको लागि बिभिन्न पहलकदमी गरी अगाडि बढेका छौ । गाउँपालिका कृषिमा निर्भर गाउँपालिका हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर भएकोले आधुनिक एबम् बैज्ञानिक तरीकाबाट कृषिलाई अगाडी बढाउने प्रयासहरु भईरहेका छन् । कृषकहरुको चाहाना र माग बमोजीम माटो परिक्षण देखि कृषकलाई प्रोत्साहन, अनुदान तथा बिभिन्न यान्त्रिक उपकरणहरु बितरण लगाएतका काम गरी कृषकहरुलाई थप उत्साहीत हुने काम अगाडी बढाएका छौ । सिँचाई सुबिधा पु¥याउन बिभिन्न ठाउँमा कुला नहर तथा रिर्जभ ट्याङकीहरु निमार्ण गरी अगाडी बढेका छौ । यो चार बर्षको अबधिमा पुर्वाधार निमार्णमा हामिले ६ किलोमिटर कालोपत्रे सडक निमार्ण सम्पन्न गरेका छौ । ८ किलोमिटर सडक कालोपत्रेको सम्झौता भईसकेको छ भने ७ किलोमिटर सडक कालोपत्रेको काम अहिले हुन लागिरहेको छ । केहि कालोपत्रे सडक शुरुवातको क्रममा रहेका छन् ति सबै सडक सम्पन्न हुने चरणमा छन् । एक निर्वाचन क्षेत्र एक पक्की सडक अन्र्तगत बिहादी गाउँपालिकाको चिसापानी देखि वहाकी सम्मको सडकको अहिले कालोपत्रेको काम सकिएको छ । गाउँपालिकाका बिभिन्न योजनाहरु तिब्र गतिमा अगाडी बढाईरहेका छौ । सडक ग्राभेल, कच्ची सडक, सानापुल पुलेसा, कल्भर्ट लगायत सबै पुर्वाधार निमार्णका काम भईरहेका छन् । गाउँपालिकालाई समृद्ध पालिका निमार्ण गर्नको लागि तथा बेरोजगारी समस्याको अन्त्य गर्नको लागि बिभिन्न पहलकदमीहरु अगाडी बढाएका छौ । जसको पहिलो प्रथामिकतामा कृषिलाईनै जोड दिएका छौ । ब्यवसायीक पशुपालन, उन्नत जातको तरकारी खेती लगायतका कार्यक्रम अगाडी बढाएका छौ । हामिले उन्नत जातको पुशचौपाय पाल्ने कृषकहरुलाई प्रोत्साहान स्वरुप प्रति चौपाय २० हजार अनुदान दिने नितिगत निर्णय गरेका छौ । हामिले कृषकहरुलाई आम्दानीमा जोडेका छौ । हामिले कृषकहरुमा बचत गर्ने बानिको बिकास होस भन्ने उदेश्य अनुरुप यसै आर्थिक बर्षबाट कृषक कल्याणकारी कोष स्थापना गरी १ घर एक कृषक १ कृषक एक बैक खाता सञ्चालनमा ल्याएका छौ । यस आर्थिक बर्षमा २ हजार कृषकलाई हामिले संगठीत गराउने उदेश्य रहेको छ । कोषमा कृषकले मासिक ५ सय रुपैया जम्मा गर्नुपर्नेछ भने गाउँपालिकाले २ सय ५० रुपैया लगानि गर्नेछ ।

– निर्वाचनका बेला जनतासंग गरेका बाचा कति पुरा भए ?
हामीले निर्वाचनका वेलाको घोषणा पत्रमा भएका वाचाहरुलाई पुरागर्ने गरी कामहरु गरेका छौ । निर्वाचनको बेला गाउँपालिकालाई समृद्ध पालिका बनाउने छौ भनेका थियौ त्यहि अनुरुप अहिले काम भईरहेको छ । हामि निर्वाचित भएर आउनु भन्दा पहिला यस बिहादी गाउँपालिकामा मुख्य समस्या खानेपानिको थियो । जनप्रतिनिधि चुनिएर आएपछि हामिले खानेपानिको समस्या हल गर्न सफल भएका छौ । पालिकाको सबै वडासम्म सहज पहुँच पुग्ने सडक निमार्ण, पालिकामा रहेका काठेपोल बिस्थापित गरी फालामे पोलको बिकास, गुणस्तरीय शिक्षा, स्बास्थ उद्योगको संरक्षण एवं प्रबद्र्धन लगायतका काम पुरा भएका छन् । निर्बाचनमा गरीएका प्रतिबद्धताहरु अक्षरशः पालना गर्नका लागि सक्रिय भएका छौ । जनतासगं गरेका बाचा अनुसारका धेरै काम पुरा भएका छन् भने बाकिँ रहेका काम आफ्नो कार्यकाल भित्र पुरा गरेरै छाड्ने छौ ।

– यस क्षेत्रका जनताले स्थानिय सरकारबाट आशा गरे अनुसारको प्रतिफल पाएको अनुभुति हुन सक्यो कि सकेन ?
हामिले यहाँका जनताले आशा गरे अनुसारको प्रतिफल पाएको महशुुस गरेका छौ । जिल्ला सदरमुकामदेखि दुर दराजमा रहेको यस क्षेत्रमा सडक खानेपानि लगायतको मुख्य समस्या थियो । त्यो समस्या हामि आएसंगै हल गरेका छौ । शिक्षा तथा स्बास्थको क्षेत्रमा धेरै परिवर्तन ल्याउन सफल भएका छौ । सबै सामुदायिक बिद्यालयमा अग्रेजी माध्यमबाट पठनपठान साथै गाउँमै उच्च शिक्षाको लागि बिभिन्न पहलकदमी भईरहेको छन् । स्बास्थ संस्था बनेका छन् । सबै वडामा पुग्ने बाटो तथा खानेपानिको अभावले हैरान खेपेका जनताले एक घर एक धारा पाएका छन् । हामिले यस क्षेत्रका जनताले आशा गरे अनुसार आखाँले देख्ने र अनुभुति गर्नेगरी ४ बर्षमा बिकास गरेर देखाउन सकेका छौ ।

– गाउपालिकाबाट प्रदान हुने सेवा प्रवाहलाई कसरी नागरिकमैत्री बनाउँनुभएको छ ?
गाउँपालिकाबाट प्रदान हुने सेवालाई नागरिकमैत्री बनाउन बिभिन्न प्रयासहरु गरेका छौ । हामिले गाउँपालिकाको संस्थागत सुशासन तथा सेवा प्रवाह अन्र्तगत सवै वडा कार्यालय, विषयगत कार्यालय र गाउँपालिकाको अत्यावश्यक सेवा प्रवाहकालागि आफ्नै भवनहरुको व्यावस्थापन गरेका छौ । बिषेशगरी पालिकाबाट प्रदानहुने सेवालाई डिजिटल बनाउन प्रयास गरीरहेका छौ । वडास्तरमा समेत ईन्जिनियर प्राविधिक, कृषि, पशु सेवाका प्राविधिक, कार्यालय सहायक स्तरका कर्मचारी समेत व्यावस्थापनमा सवै सेवा प्रवाह सहज वनाउने प्रयत्न गरेका छौ । महिला स्वास्थ्य तथा जेष्ठ नागरिकहरुको सेवालाई विशेष जोड दिई स्थानिय रुपमा नै सेवा दिईएको छ । न्यायिक समितीलाई क्रियासिल वनाईएको छ साथै विभिन्न विषयगत समिती साथै लेखासमिती सवै सूचना सार्वजनिक गर्ने र गाउँपालिकाको वेवसाईडमा प्रकाशन गर्ने गरेका छौ ।

–प्रदेश र संघिय सरकारसंग समबन्य कस्तो रहेको छ ?
प्रदेश र संघिय सरकारसंग समबन्य राम्रो छ । प्रदेश र संघबाट धेरै योजनाहरु आएका छन् । जुन योजनाहरु मध्ये कतिपय पुरा भएका छन्् भने कतिपय पुराहुने चरणमा छन् । प्रदेश र संघबाट आएको बजेटले नमुना भवन, पर्यटकिय गतिबिधि तथा नमुना सडक बनाउन सकेका छौ । पुुल पुलेसा निमार्ण, सिँचाई आयोजना, खानेपानि लगायतका धेरै आयोजनाको काम भएका छन् । हामिले आफ्नो तहबाट प्रदेश र संघ सरकारसंग समबन्य गरीरहेका छौ । संघ, प्रदेश र स्थानिय तहको सहलगानिमा हामिले गाउँपालिकामा औद्योगिक ग्रामको काम शुरु गरेका छौ । समबन्यमा कुनै कमी भएको छैन ।

–गाउँपालिका भित्र रहेका पर्यटकिय स्थलहरुको प्रबद्र्धन र बिकासमा के कस्ता काम हुदै छन् ?
बिहादी गाउँपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । यसको बिकास तथा प्रबद्र्धनको लागि पर्यटकिय स्थानहरुको पहिचान गरी त्यस्ता स्थानहरुमा पर्यटकिय आधारमा डिपिआर गरी आबश्यक निमार्णकार्य अगाडि बढाएका छौ । पर्यटकिय स्थानहरुमा मन्दिर, पार्क, भ्यु टावर, पिकनिक स्थल निमार्ण गरी पर्यटक आकर्षण बढाउने कार्यको थालनी गरेका छौ । पर्यटन प्रबद्र्धनको लागि हामिले गाउँपालिकाको वडा नम्बर ५ स्थित उरामचौरमा प्याराग्लाईडीङको सफल परिक्षण संगै प्रदेश सरकारको सहयोगमा ५ लाख लगानीमा स्टक्चरको काम थालनी गरीसकेका छौ । र गाउँपालिकाका महत्वपुर्ण पर्यटकिय स्थल शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम लगायतका स्थलहरुको प्रबद्र्धनको लागि बिभिन्न प्रयासहरु थालेका छौ ।

– कोरोना भाइरस कोभिड– १९ को रोकथामका लागि गाउँपालिकाबाट कस्ता काम भईरहेका छन् ?
गतबर्ष देखिनै हामिले कोरना माहामारी नियन्त्रणमा थुप्रै कामहरु गरेका छौ । बिदेशबाट आउनेहरुलाई क्वारेन्टाईनमा राख्नेदेखि लिएर बिपन्न परिवारलाई राहात बितरण, स्बास्थ मापदण्ड पालना जनचेतना मुलक कार्यक्रम गर्दै आएका छौ । कोभिड १९को दोस्रो लहर देखिएसंगै हाम्रो पालिकामा पनि केहि संक्रमितहरु देखिएका छन् । संक्रमितहरुलाई आईसोलेशन तथा समुदायस्तरमा परीक्षणलाई निरन्तरता दिईराखेका छौ । जटिल प्रकृतिको विरामीहरुलाई अक्सीजन सहित वेडमा राख्ने र खाने वस्ने साथै औषधि निशुल्क उपचार दिईराखेका छौ । हामिले १० शैयाको आईसोलेशन तयार गरेर सञ्चालनमा ल्याएका छौ । जसको लागि आबश्यक दक्ष चिकित्सक नियुक्तिm साथै स्बास्थ संस्थामा रिक्तरहेका दरबन्दी परिपुर्तिका लागि पक्रिया अघि बढाएका छौ । हामिलाई प्राप्त पहिलो पटकको ‘कोभिडशिल्ड’ र दोस्रो पटकको ‘भेरासेल’ खोप लक्षित समुहलाई लगाईसकेका छौ । मास्क स्यानिटाईजर प्रयोग र सामाजीक दुरी कायम अनिवार्य गराएका छौ ।

–अबको बाकिँ एक बर्षमा के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
अबको एक बर्षमा हामिले अधुरा कामहरु सबै सम्पन्न गर्ने तयारी थालेका छौ । मुख्यत अबको समय हामिले लिफ्ट सिचाई योजना जुन बिहादी गाउँपालिकाको रानीपानि र बराचौरको फराकीलो समथर जमीनमा कालीगण्डकी नदीमा बग्दै गरेको पानीलाई ल्याई सिचाईको ब्यवस्था गरी यस क्षेत्रमा खाद्यन्नको समस्या हल गर्ने प्रमुख दायित्व पुरा गर्ने गरी लागिरहेका छौ । ठोस र देखिने कामहरु जस्तो नयाँ कालोपत्रे सडक, खानेपानि, बिद्युत बिस्तार, धार्मिक तथा पर्यटकिय क्षेत्रको पुर्ननिमार्ण लगायतका केहि पुरा हुन बाकिँ योजनाहरु छन् त्यसमा बिषेश जोड दिनेछौ । भौतिक पूर्वाधारमा सवै विद्यालयहरु सम्पन्न हुदै गई रहेका छन् । अव बिहादीमा जिर्ण भवन र सौचालय रहने छैनन् । खानेपानीमा १ घर १ धारा शुरुवात भएको छ । खानेपानीको विकटता भएका वस्तिमा खानेपानीको सुविधा विस्तार भएको छ यसबाट कसैलाई बञ्चित गराउने छैनौ यो हाम्रो दायित्व र उदेश्य हो ।

 

सम्बन्धित खवर