पर्वतको खुर्कोटमा ७ बालबालिका सहित १९ जनामा कोरोना संक्रमण पुष्टि

पर्वत, भदौ १६ ।पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा ७ जना बालबालिका सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ १० गते संकलन गरिएको पीसीआरको परिक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो ।संक्रमित हुनेमा ११ जना महिला र ८ जना पुरुष रहेका छन् । यि मध्ये १६ वर्ष मुनीका ७ जना बालबालिका समेत रहेका छन् । खुर्कोटका १२० जनाको कोरोना परिक्षण गरिएको थियो ।संक्रमित हुने सबै पीसीआर विधिबाट गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएका हुन्

सम्बन्धित खवर