पर्वतमा एकिकृत समाजवादीको प्रभाव न्युन, जनप्रतिनिधि सबै नेकपा एमालेमै


पर्वत, भदौ १७ । नेकपा एमाले विभाजन भएपछि केन्द्र देखि प्रदेश र स्थानीय तहसम्मकै जनप्रतिनिधि को कता लाग्छन भन्ने चासो बढेको छ । केन्द्रिय नेताहरुको कित्ता क्लियर भए पनि प्रदेश तथा स्थानीय स्तरका नेता तथा जनप्रतिनिधि अझै दोधारमै देखिन्छन । यद्यपि विभाजन भएको दलको चुनाव चिन्हबाट निर्वाचित जनप्रनिधिले २१ दिनभित्र नयाँ दलमा जाने वा सोहि दलमा बस्ने स्पष्ट पार्नुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई आफ्नो दलमा ल्याउने कसरत दुवै दलका नेताहरुले गरिरहेका छन । पर्वतमा पनि जनप्रतिनिधिहरुलाई आआफ्नो दलमा आबद्ध गराउन नेताहरु सक्रिय छन । जिल्लामा नेकपा एमालेबाट निर्वाचित ३७ वडाअध्यक्ष छन । पर्वतमा रहेका ७ स्थानिय तहमध्ये ४ स्थानिय तहको प्रमुख उपप्रमुख नेकपा एमाले बाट निर्वाचित छन् । नेकपा एमाले जिल्ला कमिटि सचिब गोबिन्द पहाडीले जिल्लाबाट निर्वाचित वडाअध्यक्ष, वडासदस्य जनप्रतिनिधि एमालेमै रहने तर्क गर्नुभयो । पहाडीले सुर्य चिन्ह लिएर निर्वाचित सबै नगरप्रमुख तथा उपप्रमुखहरुपनि एमालेमै रहने दाबी गर्नूभएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि सिंगो एमालेमै रहेको र अहिले सम्म कुनै पनि नेता कार्यकर्ताहरु अर्को पार्टीमा नखुलेको उहाँले बताउनुभयो ।

तर समाजवादीका नेता मोती पौडेलले भने जिल्लाका २ स्थानीय तहका उप प्रमुखहरु मौन रहेकाले समाजवादीतर्फ खुल्ने दाबी गर्नुभएको छ । पौडेलले प्रतिगमनका बिरुद्ध खुलेर लागेका केहि वडा अध्यक्षहरु भने समाजवादीतर्फ आउने समेत बताउनुभयो । उहाँले केहि दिन भित्रै जिल्ला कमिटि घोषणाको तयारी गरीएको र सोही दिन पार्टीको सबै जानकारी गराईने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले स्थानिय तह मार्फत सनाखतकालागि जानकारी गराईएको र अहिले सम्म कुनै पनि दलको सनाखतका लागि जानकारी नआएको बताउनुभयो । शर्माले अहिले सम्म कोही नआएको र २२ गते सम्म समय भएकोले आउने नआउने केहि जानकारी नपाएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित खवर