नेपाली काँग्रेस फलेवास नगर सभापतिमा ख्याम भुषाल क्षेत्रीको उम्मेदवारी


पर्वत,भदौ २२। नेपाली काँग्रेसको ६१ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । गाउँ÷ नगर वडा अधिवेशन सर्वसम्मत र सौहार्दपुर्ण तरिकाले सम्पन्न भएको नेपाली काँग्रेस पर्वतले जनाएको छ । अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । वडा अधिवेशन सम्पन्न भएसँगै जिल्लामा काँग्रेसको चुनावी सरगर्मी बढेको छ । भदौ २७ गते नगर अधिवेशन हुँदै छ । नयाँ नेतृत्वको फलेवासमा ख्याम वहादुर क्षेत्रीले आफ्नो दाबेदारी प्रस्तुत गरका छन् । सभापतिको दाबेदारी प्रस्तुत गरेसँगै क्षेत्री चुनावी अभियानमा खटिएका छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको राजीतिमा होमिएका क्षेत्रीे काङ्ग्रेसलाई एकढिक्का बनाउन सभापतिको उम्मेदवार बन्ने बताउँछन् । स्कुलले जिवनबाट नेपाल विद्यार्थी संघको राजनितिमा लागेका क्षेत्री नेविसङ्घ जिल्ला सदस्य पनि भएर काम गरेको अनुभव सुनाए । राजनितिक सँगै सफल व्यवसायीको पहिचान बनाएका क्षेत्री समग्र फलेवासी काँग्रेस नेता र कार्यकर्ताको समर्थनमा सबैको साझा उम्मेदवार भएको उनले बताए । ‘यसअघि पाएका जिम्मेवारी राम्रैसँग निर्वाह गरेको छुँ,’ उनले भने, ‘नगर सभापतिमा दाबेदारी प्रस्तुत गरेको छु, काङ्ग्रेसलाई एकढिक्का बनाएर लैजाने योजना छ ।’ काङ्ग्रेसमा गुट–उपगुट रहे पनि आफू सबैको साझा उम्मेदवार बन्ने उनले बताए । क्षेत्रीलाई फलेवास नगरको बलियो दावेदार मानिन्छ ।

सम्बन्धित खवर