पर्वत अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


पर्वत, असोज २१ । राष्ट्रिय युवा संघ पर्वतले जिल्ला अस्पताल पर्वतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड १९ संक्रमण बढीरहेकोे अवस्थामा कोभिड नियन्त्रणलाई लक्षित गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य प्रकाश लामिछानेको सहयोगमा अस्पताललाई २४ लिटर सेनिटाईजर, र केहि थान मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कोभिड कहरबिच सामाजिक सेवामा लागेर संक्रमित र अस्पताललाई सहयोग गरेको प्रति अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सामाजिक संस्थाहरुले कोभिडबाट बच्न नागरिकलाई जनचेताना जोगाउनुपर्नेमा जोड दिनुभयो । युवा संघ पर्वतले यस अघि पनि अस्पतालमा बिभिन्न स्बास्थ सामाग्रीहरु सहयोग गर्दै आएको र आगामि दिनमा पनि सहयोग गर्ने जिल्ला अध्यक्ष थमनारायण पौडेलको प्रतिबद्धता रहेको छ ।

सम्बन्धित खवर