कस्तो रह्यो अस्पताल ब्यवस्थापन समिति अध्यक्षको तिन वर्षे कार्यकाल ? पहाडी भन्छन्– सफल भएँ


पर्वत, असोज २२ । पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफ्नो तिन वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन् । तिन बर्षे कार्यकाल पूरा गरी बिदाई हुँदै गर्दा आज जिल्ला अस्पतालमा आयोजित सञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र तेस्रो वर्षलाई दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे । सो अबसरमा पहाडीले आफू नृतृत्वको समितिले तीन वर्षको अवधिमा अस्पतालको सेवा सुबिधाको लागि गरेको प्रयासको बारेमा ‘विवरण पत्र’ सार्वजनिक समेत गरेका छन् । तिन बर्षको बसाईको क्रममा जनप्रतिनिधि, सांसद, नेता, जिल्लास्थित सम्पुर्ण सञ्चारकर्मी लगायतबाट प्राप्त सहयोग प्रति आभार ब्यक्तm गरे । पहाडीले सन्तुलित, खोजपूर्ण र यथार्थपरक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै नागरिकले अपेक्षा गरेको अस्पताल बनाउन सञ्चार क्षेत्रले पनि मियोको रुपमा काम गर्नसक्ने विश्वास व्यक्त गरे । उनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड—१९ को नियन्त्रणमा आइसोलेसन, क्वारिन्टिन व्यवस्थापन देखि स्बास्थ सामाग्री, औषधि व्यवस्थापन लगायत विभिन्न कार्यमा अस्पतालले अग्रणी भुमिका निर्वाह गरेको बताए ।
पहाडीले तिन बर्षको अबधिमा अस्पतालमा बिभिन्न सेवाहरु बिस्तार गर्न सफल भएको भन्दै थप भएका सेवाले निरन्तरता पाउने बिश्वास ब्यक्तm गरे । उनले दक्ष चिकित्सक सहित अस्पतालमा बिभिन्न उपकरण भित्राउने देखि गरीब र असहायको लागि निशुल्क उपचार गर्ने अभिप्रायका साथ बिपत कोष स्थापना सम्मका काम गरे । अप्रेशन कक्ष स्थापना भएर पनि सेवा शुरु गर्न नसकेको अस्पतालबाट अहिले बिभिन्न जटिल प्रकृतिको सुत्केरी, एपेन्डिक्स, हाईड्रोसिल, हर्निया तथा अन्य अप्रेशनहरु भईरहेको उनले बताए । उनले अस्पतालमा स्वास्थ्यकर्मी प्रवन्ध, प्रयोगशाला, फार्मेसी, एक्सरे, सरकारी सेवा, बाहिरबाट विज्ञ चिकित्सक प्रवन्ध, भिडियो एक्सरे, मुटुको ईको परिक्षण, मृगौला डायलासिस सेवा, आई सी यु र भेण्टिलेटर कक्ष स्थापना, आँखा उपचार सेवा, दाँत उपचार सेवा, निःशुल्क रगत उपलब्धता, प्राविधिक सेवाहरु थप, आईसोलेसन स्थापना, एस एन सि यु स्थापना, अक्सिजन प्लाण्ट, डेटिकेटेड विद्युत ट्रान्सफर्मर जडान, जेनेरेटर प्रवन्ध, आफनै खानेपानी योजना, पानी ट्यांकी, ५० शैयाको अत्याधुनिक भवन निर्माण, फोहोरमैला ब्लक निर्माण तथा मेशिन व्यवस्था, प्रदेश बजेटबाट संरचना निर्माण लगायतका कुरामा उल्लेख्य प्रगती हासिल भएको उनको दाबि छ ।
अन्य के के सुधार भएका छन् त हेर्नुहोस पूर्णपाठ ?

Fact Sheet- Parbat Hospital

सम्बन्धित खवर