कामना सेवा बिकास बैंक डिमुवा शाखाद्धारा बिद्यालयलाई सहयोग


पर्वत, कार्तिक २९ । कामना सेवा बिकास बैंक लिमिटेड डिमुवा शाखाले बैंकको १५ औ बार्षिकोत्सवको अवसरमा यहाँको एक बिद्यालयलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउपालिका वडा नं ३, घुरुङ्गसेरामा रहेको बिद्याज्योति आधारभूत बिद्यालयलाई शुक्रबार एक समारोहका बीच शैक्षिक सामाग्री तथा डस्टविन हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले बैकको सामाजिक उत्तरदायित्व अन्तरगतको सहयोगले बैंक र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन मद्धत पुग्ने बिचार व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा हुने हरेक आर्थिक गतिबिधिहरु बैंक मार्फत नै सञ्चालन गर्न ब्यवस्था मिलाउने बताउनु भयो । सोही अबसरमा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले बैकको सहयोगले बिद्यालयको शैक्षिक स्तर एवं वातावरणीय सरसफाइमा सुधार गर्न टेवा पुग्ने बताउनुभयो । बैंकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारीले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जानकारी दिनुभयो ।

कार्यक्रममा बैकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारी , कुश्मा शाखा प्रमुख शिव आचार्य तथा डिमुवा शाखाका कर्मचारी मोहन सुवेदी र हरि प्रसाद गौतम लगायत बिद्यालयका शिक्षक शिक्षिकाहरु, बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाले गर्नु भएको थियो ।

सम्बन्धित खवर