सबै अट्ने कांग्रेस बनाउन महाधिबेशन प्रतिनिधिमा मेरो उम्मेदवारी ः युवा नेतृ भुषाल


पर्वत, मंसिर ३ । नेपाली काँग्रेस पर्वतकी युवा नेतृ मुना भुषालले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । काँग्रेसको १४औँ महाधिवेशनमा भुषालले महाधिवेसन प्रतिनिधि आफ्नो उम्मेदारी रहेको घोषणा गर्नुभएको हो । आगामी आउने निर्वाचनमा पर्वतबाट नेपाली काँग्रेस विजय गराउन र सबैलाई समेट्ने गरी सहि नेतृत्व गर्ने उद्देश्यका साथ भुषालले महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताउनुभयो ।
कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको भुषालको भनाई छ । महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिदै उहाँले अबको कांग्रेसले सबैलाई अवसर दिने र सबैलाई अटाउने कांग्रेस बन्नाउन सक्नुपर्ने जिकिर गर्नुभयो । भुषालले बिगतमा पार्टीको नेतृत्व तहमा पुगेका नेता बाट स्थानीय तह देखि केन्द्र सम्म खेलेको भुमिकाको आम कार्यकर्ताले मूल्यांकन गर्ने बेला आएको बताउदै सबैलाई जÞोड्ने कांग्रेसको नारा जस्तै पार्टी पनि बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो । राजनीति भनेको सेवा हो भन्ने धारणा भुषालमा छ । आफ्नो राजनीतिक जिवनमा कोहि कसै संग पनि पार्टी बिरुद्ध गुटबन्दीमा नलागी पार्टी भन्दा ब्यक्ती र गुटबन्दी ठुलो नभएको बिचार सबैमा हुनुपर्ने उहाँको भनाई छ । उहाँले कांग्रेस सबैको हो, साझा हो भन्दै एकताको सूत्रमा सबै कार्यकर्तालाई बाधेर हिडाउन सक्ने असल नेता अब कांग्रेसले खोजेको उहाँको भनाई छ ।
भुषालको राजनितिक अबस्था कस्तो छ ।
२०६० सालमा स्कुले जिवन बाटै राजनीतिमा प्रवेश गर्नुभएकी भुषाल २०६३ सालमा संस्कृत उच्च मावि बेलबगर जैदीको नेबिसंघ ईकाई अध्यक्ष बन्नुभएको थियो । त्याग र निष्ठाका पर्याय नेतृ भुषालले आफ्नो उर्जावान समय राजनितिमै समर्पण गर्नुभएको छ । २०६४ सालबाट लामो समयसम्म नेबिसंघको जिल्ला कोषाध्यक्षमा रहेर काम गर्नुभएकी भुषाल २०६५ सालमा गुप्तेश्वर बहुमुखी क्याम्पसको नेबिसंघ ईकाई उपाध्यक्ष हुनभएको थियो । भुषाल २०६५ सालमै गुप्तेश्वर बहुमुखी क्याम्पसको स्बवियु कोषाध्यक्ष भएर काम गर्नुभएको थियो । देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२÷०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा नेतृ भुषालको उल्लेखनीय सहभागीता रहेको थियो । भुषाल राजनीति संगै विभिन्न सामाजिक संघसंस्था लगायत सामाजीक क्षेत्रमा निकै अगाडी रहनुभएको छ । मानव सेवा र सामाजिक क्षेत्रमा स्वार्थरहित भएर महत्वपूर्ण योगदान पु¥याउनुभएकी भुषालले पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरूद्धको अभियानमा समेत अहोरात्र खट्नुका साथै व्यक्तिगत खर्चमै स्वास्थ्य सामग्री खरिद गरि जिल्लाभर वितरण गर्नुभएको थियो । भुषालले २०६८ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा क्षेत्रिय महाधिवेशन प्रतिनिधि र २०७२ सालमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा अत्यधिक मत ल्याएर जित्नुभएको थियो ।

सम्बन्धित खवर