नेपाल निजामती कर्मचारी संगठनको अगुवा संगठक भेला सम्पन्न


मंसिर १५, पर्वत नेपाल निजामती कर्मचारी संगठन पर्वत, बागलुङ र म्याग्दीको संयुक्त अगुवा संगठक भेला २०७८ मंसिर १४ गते बागलुङमा सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन ११ औं राष्ट्रिय अधिवेसन आयोजक समितिका सह संयोजक लेखनाथ कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा प्रमुख अतिथि कोइरालाले संगठनको आसन्न ११ औं राष्ट्रिय अधिवेसन, प्रस्तावित निजामती कर्मचारी ऐन लगाएतका समसामयिक बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा संगठनका प्रवक्ता प्रभास प्रसाद शाह, संगठन केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख युवाचन्द्र घिमिरे लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष राम प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संगठन पर्वतका सचिव गौरवदाश बैरागीले गर्नुभएको थियो, भने स्वागत संगठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष चित्रनाथ शर्माले गर्नुभएको थियो ।

सम्बन्धित खवर