नेपाली सहयोगी हातद्धारा बिपन्न परिवारलाई न्यानो कपडा बितरण

पर्वत, मंसिर १६ । नेपाली सहयोगी हातले पछिल्लो समय जिल्लामा रहेका बिपन्न परिवारहरुलाई सहयोग गर्दै आईरहेको छ । जिल्लामा रहेका अति बिपन्न, दलित तथा आर्थिक अबस्था कमजानेर भएका परिबारहरुलाई आर्थिक सहयोग देखि बिभिन्न सामाग्री लत्ताकपडा सहयोग गर्दै आएको हो । बुधबार पर्वतको चुवामा रहेका बिपन्न विद्यार्थीलाई ,न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

कुश्मा ८ चुवामा रहेका १३ घरपरिवारलाई न्यानो कपडा बितरण गरीएको नेपाली सहयोगी हातका संयोजक निखिलेस पुरीले बताउनुभयो ।जाडो याम शुरु भएसँगै बिपन्न परिबारहरु लाई जडो बाट बचाउने अभिप्रायका साथ सहयोग गरिएको पुरीले बताउनुभयो ।

न्यानो कपडा बितरण पश्चात बोल्दै नेकपा एमालेका उपसचिब तथा पर्वत अस्पताल ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष गोबिन्द पहाडीले सहयोगि हातले गरेका काम सहनिय रहेको बताउनुभयो । पहाडीले सहयोगी हातले जिल्लामा रहेका हेरक बिपन्न तथा गरीब परीवारका लागि पुलको काम गरेको उल्लेख गर्नुभयो । सो अबसरमा स्थानिय समाजसेवी सृजन पौडेल, समुन्द्र श्रेष्ठ, सिता परियार, गोरे दमै लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर