पर्वत समाज स्पेनद्धारा पकुवाका पहिरो पिडितलाइ राहात रकम हस्तान्तरण


पर्वत, मंसिर १६ । पर्वत समाज स्पेनले पहिरो पडित परिवारलाई राहात रकम हस्तान्त्रण गरेको छ । गएको भदौ १७ गतेको पहिरोका कारण ठुलो क्षति व्यहोरेका पर्वतको कुश्मा नगरपलिका ११ पकुवाको चालिसेका हरि पौडेलको परिवारलाई पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मी, अन्तराष्ट्रिय पर्वत समाजका युरोप संयोजक सन्तोष पौडेल,समाजसेवी ओम बानिया (सुरज)को विशेष पहलमा सहयोग गरिएको हो । घर माथिबाट आएको पहिरोले घर पुरिँदा स्थानीय हरि पौडेलका श्रीमती, आमा र छोरा गरि ३ जनाको मृत्यु भएको थियो ।
पर्वत समाज स्पेका निर्बतमान बरिष्ठ उपाध्यक्ष तथा अन्तरास्ट्रिय पर्वत समाजका युरोप संयोजक सन्तोष पौडेलको संयोजकत्वमा उक्त परिवारलाई नगद १ लाख रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शिव पौडेलले रोजगारीका लागि प्रवासमा रहेका पर्वतेलिहरुले आफ्नो खर्च कटाएरै पर्वतेलिहरुको दुखमा साथ दिनु प्रसंसनिय काम भएको बताउँदै आगामी दिनमा पनि यस्तो सहयोगको निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
?उश्रसंस्थाका बरिष्ठ उपाध्यक्ष सन्तोष पौडेलले आफ्नो गाँस कटाएरै भए पनि पिडितलाइ राहात होस् र पर्वतेलिहरुको दुःखमा सहकार्य गर्ने उद्देश्यले संस्था स्थापना गरि बिभिन्न काम गर्दै आएको बताउदै सरकार पूग्न नसकेको ठाँउमा पर्वतेलि मन पुग्न सकोस् भन्ने उदेश्यले मोदी गांउपालिका वडा ७ घर भै हाल स्पेनमा बसोवास गर्दे आउनु भएका ओम वाँनियाको अगुवाइमा सहयोग रकम संकलन गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटि उपसचिब अर्जुन पौडेल निर्जन,वडा सदस्य बाबुराम पौडेल, समाजसेवी बालाकृष्ण रानाभाट, भगवती प्राविका प्रअ गोबिन्द रिमाल, लगाएतको उपस्थिति रहेको थियो । २०७२ सालमा स्पेनको बार्सिलोना शहरमा पर्वतेलीहरुको भेलाले स्थापना गरेर पर्वत समाज स्पेनले सोही देशमा बसोबास गर्ने पर्वतेलिहरु लगायत पर्वत जिल्लामा बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित खवर