सुगम संगीतका चर्चित गायक यम बरालको विशेष प्रस्तुती पर्वतको कुश्मामा, भोली साँझ ४ बजेदेखि ९ बजेसम्म मात्र
पर्वत, मंसिर १७ । नेपाली सुगम संगीतका बरिष्ठ गायक यम बराल पर्वत सदरमुकाम कुश्माबजारमा आउने भएका छन् । गायक बरालले कुश्माको होटल माउन्टेन भ्युले यहि मंशिर १८ गते साँझ आयोजना गरेको ‘डिनर नाईट’ कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका हुन् । पर्वतको समग्र पर्यटन विकास र सुगम संगीतप्रति आम दर्शक श्रोताहरुको आकर्षण बढाउने उद्धेश्यले याम बराल डिनर नाईट कार्यक्रमको आयोजना गरिएको हो । होटल माउन्टेन भ्युले गायक बरालको सांगितिक प्रस्तुती हेर्न आउने दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ । मंसिर १८ गते दिउँसो ४ बजेदेखि राती ९ बजेम्म कार्यक्रम संचालन गरिने होटल संचालक ओम श्रेष्ठले जानकारी दिनुभयो । गायक बरालको आगमनलाई लिएर सवैजसो तयारी पुरा भएको उहाँले बताउनुभयो । उहाँले निशुल्क प्रवेश पासको व्यवस्था रहेकाले उक्त कार्यक्रममा सहभागि भई भरपुर मनोरन्जन लिन समेत आग्रह गर्नुभएको छ । गायक बरालका निस्ठुरीले छाडेर गैहाली, मन रहेको माया, आशैको भुमरीले, बादलुको घुम्टोले, कस्तो होला त्यो मन, दिलमाया दिलमाया, निधारमा रातो माटो, गाउँले हो म गाउँले लगायतका गीतहरुले आम नेपालीहरुको मन मुटु छुन सफल भएका छन् । यि गितहरु आम दर्शक र श्रोताको रोजाईमा पर्दै आएकोले पनि कार्यक्रममा दर्शक र श्रोताहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको होटल संचालक श्रेष्ठले बताउनुभयो ।
पर्वतको पैंयुमा गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम शुरु