लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट टु्पको आयोजनामा न्यानो कपडा बितरण अभियानको शुरुवात


पर्वत, मंसिर २४ । पछिल्लो समयमा बढ्दै गएको चिसोका कारण पर्वतको जिल्ला सदमुकाम कुश्माबजारदेखि ग्रामीण क्षेत्रमा बालबालिका र ज्येष्ठ नागरिकका साथै गरीब, विपन्न, दलित परिवारमा समस्यामा परेका छन् । पर्याप्त न्यानो कपडा तथा ओढ्ने, ओछ्याउने कपडाका साथै खाद्यान्न अभावले गर्दा पछिल्लो समयमा बढ्दै गएको अत्याधिक चिसोको कारण यहाँका विभिन्न क्षेत्रका गरिब तथा विपन्न एवम् दलित परिवारहरु समस्यामा परेका हुन् । व्यवस्थित बास नभएको र चिसोसँग जुध्ने लत्ताकपडा, सिरक, डसना नभएकाले खासगरी गरीब, विपन्न, दलित परिवार चिसोका कारण समस्यामा परेका हुन् । हालसम्म यहाँका सात वटै स्थानीय निकायले आआफ्नो क्षेत्रका गरीब, विपन्न, दलितहरूलाई लक्षित गरेर चिसोसँग जोगिने कार्यक्रमहरू अघि सारेको देखिदैन कुनै संघ सस्था या व्यक्ति विशेषले जन्मदिन, विवाहको वर्षगाठजस्ता अवसरमा केही अति विपन्नहरुलाई न्यानो कपडा वितरण गरेको भए पनि स्थानीय निकायबाट कुनै त्यस्तो कार्यक्रम गरेको देखिएको छैन ।

स्थानिय निकायहरुबाट त्यस्ता कार्यक्रमहरु नभएपनि जिल्लास्थित लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट टु्पको संयुक्त आयोजना तथा कुस्मा नगरपालिका वडा नं ७ को सहकार्यमा न्यानो कपडा संकलन तथा वितरण कार्यक्रम अभियानको शुरुवात भएको छ । क्लबका अध्यक्ष अर्जुन पौडेल निर्जनले जाडो मौसममा आर्थिक अभाव कमजोर भएका बिपन्न असाहाय व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्न क्लबले न्यानो कपडा संकलन गरि बितरण गर्ने अभियान थालनी गरेको बताउनुभयो । ‘पुनः प्रयोग गर्न मिल्ने खालका सफा कपडाहरु क्लबले संकलन गदै आएको उहाँले बताउनुभयो संकलित कपडाहरु दिन दुखि आबश्यक पर्ने व्यक्तिहरु समक्ष पुप्याईने भएको छ । आजबाट शुरु गरेको पीडामा तड्पीएका नागरिकको लागि उपलब्ध गराउन थालेको न्यानो कपडा संकलन अभियानमा लायन्स ,समाजसेवी र उद्योगिहरुले समेत खुल्ला हृदयले सहयोग गरेको कुश्मा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यहाँ समुदायका धेरै परिवारहरु आर्थिकरूपमा विपन्न भएकोले चिसो बढेसँगै समस्यासँग जुध्नुपरेको छ ।

सम्बन्धित खवर