पर्वतमा जनताको साथमा काँंग्रेस अभियानको औपचारिक शुभारम्भ
पर्वत/नेपाली काँग्रेस पर्वतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित जनतासंग नेपाली काँग्रेस अभियानको आजदेखि औपचारिक रुपमा शुभारम्भ गरेको छ । एक समारोहका बिचमा आज अभियानको शुभारम्भ गरिएको हो । नेपाली काँग्रेसको पार्टी कार्यालल वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले अभियानलाई प्रभावकारी बनाउनुपर्ने र जनता र काँग्रेसको सम्बन्ध बलियो बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले अभियान मार्फत पर्वतमा काँग्रेसको सरकारले विगतका गरेका कामहरुको प्रचार गर्न र जनताको बिचमा काँग्रेसको अवस्थाबारे वुझन सुझाव दिनुभयो । अभियानको क्रममा जनताको घरदैलोमा पुगेर पार्टीको तर्फबाट गर्नुपर्ने कामहरु र जनताका समस्याहरु बुझेर संगठन बलियो बनाउन खड्काले आग्रह गर्नुभयो ।अभियानलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काँग्रेसका प्रभावशाली नेता र्जुनप्रसाद जोशीले अभियानलाई सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । जोशीले अभियान लाई कर्मकाण्डी नबनाइ जनताको अभिमत र भावनासँग जोड्न सुझाव दिनुभयो । नेता जोशीले काँग्रेसलाई भोट माग्दै जनताको दैलोमा पुगी उहाँहरुको विश्वास जित्ने गरि प्रतिबद्धता जनाउन पनि सुझाव दिनुभयो । विगतमा नेपाली काँग्रेसले जनताका आधारभूत आवश्यकता पुरा गरेपनि २०७४ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेल, पानीजहाजको सपना देखाएको हुनाले भ्रममा परेर वहुमत दिएपनि ओलीले लोकतन्त्र नै मास्न खोजेको जोशीले आरोप लगाउनुभयो । काँग्रेस लोकतन्त्र बचाउन लड्दै आएको भन्दै जोशीले लोकतन्त्र बचाउन काँग्रेसको सरकार आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पार्टी सभापति युवराज जोशीले हरेक खाले निरकुंशता ढाल्न काँग्रेसले जित्न आवश्यक रहेको बताउनुभयो । टिकट जस्ले पाएपनि जिताउनुपर्छ भन्ने मान्यता लिएर गाउँमा जान र जनताको विश्वास जित्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा पूर्व सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी,नेपाल तरुण दलका कन्द्रीय अध्यक्ष बिद्धान गुरुङ, प्रदेश साँसद ललितकला गुरुङ, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, महाअधिबेसन प्रतिनिधी राजेन्द्रप्रसाद तिबारी,महाधिबेसन प्रतिनीधी बसन्तबहादुर सिके, प्रदेश सदस्य रमेश पौडेल, क्षेत्रीय सभापती राजकुमार क्षेत्री, पूर्व जिल्ला सचिव विश्वप्रकाश प्रसाई, प्रदेश प्रतिनिधी अजित क्षेत्री, पूर्व जिबिस उपसभापति राम शर्मा पौडेल, तरुण दलका अध्यक्ष एवं पैयुँका अध्यक्ष तोरण मल्ल ठकुरी, नेपाल महिला सघकी अध्यक्ष मुना शर्मा लामिछाने र नेपाली काँग्रेसका क्षेत्रीय सचिव ठाकुर रसाईली लगायतले बोल्नुभएको थियो ।नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको स्वागत उपसभापति डा. चुडामणी शर्माले गर्नुभएको थियो भने धन्यबाद मन्तव्य उपसभापति शिवप्रसाद सुबेदीले गर्नुभएको थियो । सञ्चालन सचिव गुप्तनिधी शर्माले गर्नुभएको थियो ।