नेपाली जनसम्पर्क समिति इजरायलद्धारा बाच्छाका मृतक वडा सदस्य दिपक गुरुङको परिवारलाई ५० हजार हस्तान्तरण
पर्वत,भदौ १९। नेपाल जनसम्पर्क समिति इजरायलले बाच्छाका जनप्रतिनिधि स्वर्गीय दिपक गुरुङको परिवारलाई आर्थिक सहयोग गरेको छ । समितिको छठौं स्थापना दिवसको अवसरमा आयोजित जलयात्राको अवसरमा नेपालमा रहेका दुखीपीडित असाहयलाई सहयोग गर्ने उदेश्य थियो । सोही अवसरमा संकलन गरिएको ५० हजार रुपयाँ नेपाल तरुण दल विहादी गाउँपालिका १ का सभापति एवंम निर्वाचित वडा सदस्य दिपक गुरुङको करेन्ट लागेर मृत्युभए पछि ८६ बािर्षय आमा,श्रीमती र ३ जना स–साना वच्चा सहितको परिवारलाई दैनिकी चलाउन र वच्चाहरुलाई पठनपाठनमा आर्थिक अभाव भएकाले नेपाली जनसम्पर्क समिति इजरायलका निर्वतमान उपसभापति एवम महाधिवेशन प्रतिनिधि राजेन्द्र खनालको प्रस्तावमा सहयोग गरिएको हो ।
जनताको साथमा काँग्रेस अभियान पर्वतमा सुरु समारोहको अवसरमा उक्त रकम नेपाली काँग्रेसका निर्वतमान केन्द्रिय सदस्य अुर्जनप्रसाद जोशी,केन्द्रिय सदस्य चम्पा खड्गा,नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ,महाधिवेशन प्रतिनिधि मुना भूषाल,नेपाली काँग्रेस क्षत्रिय सभापति एवंम विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ लगायतले सो रकम स्वर्गीक दिपक गुरुङका श्रीमती मुना गुरुङलाई हस्तान्तरण गरिएको हुन् । सो अवसरमा महाधिवेशन प्रतिनिधि मुना भूषालले विदेशी भूमिमा रहेर पनि नेपाली अपातमा परेको समयमा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति इजरायल परिवारलाई आभर ब्यक्त गरेकी थिइ्न । नेपाली जनसम्पर्क समिति इजरायलका सभापति दिपिका भूषालले आफु विदेशी भूमिमा रहेर पनि स्वदेशभित्र अप्ठ्यारोमा परेकालाई समितिले सक्दो सहयोग गर्ने सन्देश पठाएकी थिइ्न । सभापति भूषालले विगतका अन्य आपतकालिन अवस्थामा समेत सहयोग गर्दै आइरहेकी छिन् । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति पर्वतका सदस्य लक्ष्मी आचार्यले समेत समितिलाई सहयोग गर्न अनुरोध गरेकी हुन् । निवर्तमान उपसभापति एवम महाधिवेशन प्रतिनिधि राजेन्द्र खनालले आगामी दिनहरुमा अन्यलाई असहज भएमा यसरी नै नेपाली जनसम्पर्क समिति इजरायलसँग सहकार्य गर्ने विश्वास ब्यक्त गरेका थिए ।