युवा भरेर पठाउने जाहाजमा उत्पादन भरेर पठाइदे खोरिया खनेर कोरिया यहि बनाउछौ


पर्वत,भदौ २१।  र्मिर्मिर उज्यालो हुन लाग्यो श्रीमान उठेर लकेज तयार पार्दै कपडा लगाउन शुरु गर्यो उता भर्खर जीवन भर सङै जिउने बाचा गरेर ल्यायकी श्रीमति 15 दिन नपुग्दै बिदेशीन लागेपछी रातभर रोयर सुतेकी छैनन आमा पाच दिन भयो रुन थालेको जब छोरो सङ को बिछोडिने पीडा बा रुन नसकेपनि रात भर सुतेका छैनन् र सम्पुर्ण जगत लाई खुसी बनाउदै आफ्नो पीडा मन मा बाधेर नक्कली हासो देखाउदै म आइहाल्छु नि भनेर बिदाइ का हात हल्लाउँदै लगेज लतार्दै आफ्नो प्यारो जन्म भुमी लाई छोडेर धन कमाउने आस मा बिदेशीनु लगभग अहिले नेपालमा बाध्यता जस्तै बनेको छ कारण यहाँ पनि राज्य को नेतृत्व नै स्थिर नहुनु सङै बड्दो युवा हरु को असन्तुष्टले यो अवस्था शिर्जना भयको हो बिदेश गयर अठार घन्टा काम गर्ने हामी नेपालीले आफ्नो जन्म भुमि मा बीस घन्टा काम गर्न सक्छौ तर त्यसरी काम गरेर उत्पादन गरेको बस्तु लाई अन्तर्राष्ट्रिय बजारीकरण गर्दिने भय कोरियामा फल्ने कृषिजन्य बस्तु भन्दा स्वादिला हामी फलाउन सक्छौ जापान का उधोग ले बनाउने भन्दा गुणस्तरका बस्तु हामिले उत्पादन गर्न सक्छौ तर दुखको कुरा र कारण उत्पादन गरेको बस्तु बजार पाउदैन बल्ल बल्ल पाइहाले पनि त्यसको उचित मूल्य हुदैन केही गर्छु भनेर आफ्नै देश मा रिन धन गरेर कम्मर कसेर लागेको युवा निराश भयर उ पनि अन्तिममा त्यही रिन को बोझले लगेज लतार्न बाध्यतामा पुग्छ त्यसकारण यसरी उत्पादनशिल बस्तुलाइ नेपाली युवा युवती भरेर पठाउने जाहाजमा बस्तुको अन्तरास्ट्रिय बजारीकरण सरकारले गर्दिय र सरकारबाट यस्ता युवा हरु लाई प्रोत्साहन सङै उचित सहयोग गरे बाझो रहेको थुप्रै सम्भावना भयको खोरिया खनेर कोरिया हामिले यहि बनाउछौ अनि रमाउछौ आफ्नै जन्म भुमी सग र आफ्नै माटो सङ अनि बनाउछौ आफ्नै देश लाई समृद्ध सरकार होइन भने नयाँ पुस्ताले आफ्नो जन्म भुमी प्रतीको माया चटक्कै बिर्सेर धन कमाउने आसा मा अरु कै देस समृद्ध बनाउन मा नै तल्लिन हुने भय त्यसकारण बेलै मा सोच्ने हो कि सरकार? जय देश जय नरेश् । लेखक : बुद्द पौडेल

सम्बन्धित खवर